कावासोती । आर्थिक वर्ष २०८१ काे नाै महिनामा नवलपुर जिल्लामा भएका ४२ वटा आगलागीका घटनाबाट ३ जनाको ज्यान गएको छ भने ८ जना घाइते भएका छन्।
आगलागीबाट विभिन्न संरचना जलेर नष्ट हुँदा करिब १ करोड ३७ लाख ८६ हजार रुपैयाँ बराबरको क्षति भएको छ। जिल्ला प्रहरी कार्यालय,नवलपुरका सुचना अधिकारी मधु नेपालका अनुशार आगलागीका घटनाले मानविय, भौतिक र पशुजन्य गरी विभिन्न तहमा क्षति पुर्याएको छ।
तथ्यांकअनुसार, आगलागीका घटनामा १ वटा पशुको पनि मृत्यु भएको छ। यस्तै, १ वटा घर पूर्ण रूपमा र ९ वटा आंशिक रूपमा जलेको छ। गोठ तर्फ ८ वटा पूर्ण र १ वटा आंशिक क्षति पुगेको छ एउटा बिधालयमा पनि क्षति भएकाे छ भने एउटा सवारी साधान र ११ वटा परालकाे टाैवा पनि जलेकाे छ भने ५ लाख बराबरको विद्यालय सामग्री जलेको छ। अर्कोतर्फ, पसल, होटल, टहरा लगायतका संरचनामा ९ वटा क्षति पुगेको प्रहरीकाे तथ्यांकमा उल्खेछ ।
सबैभन्दा धेरै आगलागीकाे घटना चैत महिनामा भएकाे देखिएकाे छ ।
प्रकाशित : २०८१ चैत २४ गते १०:१२
Facebook Comment