पछिल्लाे २ वर्षमा नवलपुरका ४९ जनाले त्यागे नेपाली नागरिकता

NAWALPUR TIMES

पछिल्लाे २ वर्षमा नवलपुरका ४९ जनाले त्यागे नेपाली नागरिकता

कावासोती । रोजगारी, उच्च शिक्षा तथा स्थायी बसोबासका लागि विदेश पुगेका नवलपुरका ४९ जनाले पछिल्लो दुई वर्षमा नेपाली नागरिकता परित्याग गरेका छन्।

जिल्ला प्रशासन कार्यालय नवलपुरका अनुसार ती व्यक्तिहरूले विदेशी नागरिकता लिने प्रक्रियाका लागि नेपाली नागरिकता त्यागेका हुन्।

जिल्ला प्रशासन कार्यलयका सुचना अधिकारी माधब प्रसाद शर्माका अनुशार पछिल्लो दुई वर्षको अवधिमा गैंडाकोट नगरपालिकाबाट १६ जना, देवचुलीबाट १४ जना, कावासोतीबाट ११ जना, मध्यविन्दुबाट ३ जना, विनयी त्रिवेणीबाट २ जना, हुप्सेकोटबाट २ जना र बुलिङटारबाट १ जना गरि ४९ जनाले नेपाली नागरिकता परित्याग गरेकाे बताए।

Messenger creation C3A9407C 0679 4377 8ACA 0123441E561C

धेरैजसो नागरिकहरू अमेरिकी डिभी चिट्ठा परेपछि वा वैदेशिक रोजगारीका क्रममा अन्य मुलुकमा स्थायी बसोबासका लागि नेपाली नागरिकता त्याग्ने गरेका छन्। विशेषगरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, इजरायल , बेलायत , हङकङ  र युरोपियन मुलुकहरूमा स्थायी बसोबासका लागि नेपालीहरूले नागरिकता परित्याग गरेको शर्माले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी अरूण पोखरेलका अनुसार नेपालको संविधान र नागरिकता ऐनअनुसार कुनै नेपाली नागरिकले विदेशी नागरिकता लिनुअघि अनिवार्य रूपमा नेपाली नागरिकता परित्याग गर्नुपर्ने व्यवस्था छ।

नागरिकता परित्याग गर्न जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने हुन्छ। आवश्यक कागजातहरूमा नेपाली नागरिकताको प्रमाणपत्र, विदेशी मुलुकको नागरिकता प्राप्त गर्ने आधिकारिक कागजात, नागरिकता परित्यागको कारण खुलाउने निवेदन पत्र, र प्रशासन कार्यालयद्वारा तोकिएका अन्य आवश्यक दस्तावेजहरू समावेश गरिनुपर्छ। निवेदन स्वीकृत भएपछि मात्रै  नागरिकता प्रमाणपत्र रेकर्डमा नष्ट गरिन्छ र त्यसको औपचारिक सूचना गृह मन्त्रालयमा पठाउने गरिएकाे पाेख्रेल बताए

नवलपुरबाट पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारी तथा आप्रवासनको प्रवृत्ति बढ्दै गएको छ। उच्च शिक्षा, रोजगारी, व्यवसाय वा परिवार पुनर्मिलनका कारणले धेरै नेपालीहरू विदेशतर्फ आकर्षित भइरहेका छन्। विशेष गरी अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, इजरायल, र युरोपेली देशहरूले उच्च दक्ष जनशक्ति तथा आप्रवासीहरूलाई आकर्षित गर्ने नीति अवलम्बन गरेकाले नवलपुरबाट नेपाली युवा पुस्ता स्थाई बसाेबासकाे लागि नेपाली नागरिकता परित्याग गर्दै आईरहेका छन ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology