कावासोती । त्रिभुवन विश्वविद्यालय प्रकाशित गरेको बिबिएस प्रथम वर्षको नतिजामा कुमारवर्ती बहुमुखी क्याम्पस जिल्लामै उत्कृष्ट भएको छ ।
गत जेठ ४ गते त्रिविले प्रकाशिन गरेको नतिजा अनुसार कुमारवर्ती क्याम्पसकी छात्रा आशा कुमारी महतोले ७८.६% अंक ल्याउँदै जिल्लामा प्रथम स्थान हासिल गरेकी छन भने भावना भुसालले ७४.४% अंकसहित जिल्लामा दोस्रो स्थान हासिल गरेकि हुन । त्यसै गरी ६५.२% अंकका साथ दिक्षा अधिकारी क्याम्पस तर्फ तृतीय भएकी हुन ।
क्याम्पस प्रशासनले जिल्लामा उत्कृष्ट भएका विद्यार्थी सहित उतिर्ण सबै विद्यार्थीहरूलाई बधाई दिँदै भविष्यमा थप उत्कृष्ट सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरेको छ।
क्याम्पसले हाल एमबिएस, एमए, एमएड, बिबिएस, बिएड र बिए लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। जिल्लाकै पहिलो क्याम्पस कुमारवर्ती क्याम्पस युजिसी नेपालबाट २०२२ मा मान्यता प्राप्त शैक्षिक संस्था समेत हो ।
प्रकाशित : २०८२ जेठ ८ गते १५:०३
Facebook Comment