नवलपुरमा १ हजार २ सय हेक्टर वन क्षेत्रमा डढेलो

NAWALPUR TIMES

नवलपुरमा १ हजार २ सय हेक्टर वन क्षेत्रमा डढेलो

कावासोती । नवलपुरमा १ हजार २ सय हेक्टर वन क्षेत्रमा डढेलो फैलिएको छ ।

डिभिजन वन कार्यालय कावासोतीका सूचना अधिकारी एवं वन अधिकृत शिशिर लम्सालका अनुसार गैंडाकोट, देवचुली, मध्यविन्दु र विनयी त्रिवेणीको वन क्षेत्रमा एक हजार हेक्टर बढी वन क्षेत्रमा डढेलो फैलिएको हो । डढेलो डिभिजन वन कार्यालय मातहतका वन क्षेत्र मात्रै नभएर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती वन क्षेत्रमा समेत फैलिएको छ ।

निकुञ्जका सूचना अधिकारी एवं संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार मध्यवर्ती क्षेत्रको करिब २ सय हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित भएको हो ।

भिरालो भु बनोट भएका वनमा डढेलो बढदै जाँदा डढेलो नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, सामुदायिक वन पदाधिकारी र स्थानीय उपभोक्ताले प्रयास गरिरहेको भए पनि नियन्त्रण गर्न सहज नभएको डिभिजन वनका सूचना अधिकारी लम्साल बताउछ्न ।

नेपाल सरकार, वन मन्त्रालय र यसका मातहतका डिभिजन वनहरुले डढेलो नियन्त्रणका कार्यक्रम सन्चालन गरेको भए पनि यो कार्यक्रम वनमा आश्रीत वर्ग सम्म नपुग्दा डढेलो नियन्त्रण र रोकथाम प्रभावकारी हुन सकेको छैन ।

रातीको समयमा सामुदायिक वनका हेरालु र पदाधिकारीबाट वन गस्ती सम्भव नहुने हुदाँ वन रक्षकको संख्या बढाएर रात्रीकालीन गस्ती गराउने तथा रातीको समयमा वन प्रवेशका नाकाहरुमा कडिकडाउ गर्ने तर्फ सोचेको भए पनि पर्याप्त मात्रमा वन रक्षक नहुदा यो गर्न नसकिएको डिभिजनल वन अधिकृत वसन्त केशव अधिकारी बताउछ्न । एउटा डिभिजन कार्यालय र ७ वटा सब डिभिजन भएको जिल्लामा २३ जना दरबन्दी वनरक्षकको दरबन्दी भएको भए पनि १७ जना मात्रै उपलब्ध रहेका छ्न ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology