५३ प्रतिशतबाट सुधार गरेर बौदिकालीले पुर्‍यो नतिजा ८७.६९ प्रतिशत नतिजा, जिल्लामै सर्वोत्कृष्ट

NAWALPUR TIMES
प्रकाशित : २०८२ असार १४ गते १८:३६
५३ प्रतिशतबाट सुधार गरेर बौदिकालीले पुर्‍यो नतिजा ८७.६९ प्रतिशत नतिजा, जिल्लामै सर्वोत्कृष्ट
see exam 865x576 1

कावासोती । शैक्षिकसत्र २०८० मा ५३ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएको बौदिकाली गाउँपालिकाले यस वर्ष नतिजामा निक्कै राम्रो सुधार गरेर नतिजा ८७.६९ प्रतिशत पुर्‍याएर जिल्लामा सर्वोत्कृष्ट भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा अनुसार शैक्षिकसत्र २०८१ मा बौदिकालीबाट सहभागी भएका १ सय ३० जना विद्यार्थी मध्ये १ सय १४ जना अर्थात ८७.६९ प्रतिशत उतिर्ण भएका हुन ।

बौदिकालीबाट शैक्षिकसत्र २०८१ मा ८ वटा सामुदायिक विद्यालयका १ सय ३० विद्यार्थी सहभागी थिए ।

प्रकाशित नतिजा अनुसार धर्मात्मा माध्यमिक विद्यालयले ८८.८८ प्रतिशत, सिद्धि विद्याश्रम माध्यमिक विद्यालयले २५ प्रतिशत, डेढ्गाउँ माध्यमिक विद्यालयले ८७ प्रतिशत, शारदा माध्यमिक विद्यालयले ९३.३३ प्रतिशत, नगरडाँडा माध्यमिक विद्यालय बौदिकाली-४ ले ८० प्रतिशत, बेलभज्याङ माध्यमिक विद्यालयले १०० प्रतिशत, उदय माध्यमिक विद्यालयले ९२.३ प्रतिशत र नगरडाँडा माध्यमिक विद्यालय बौदिकाली-६ ले ९५.८३ प्रतिशत विद्यार्थी उतिर्ण गराएका हुन ।

नतिजा अनुसार बौदिकालीबाट १६ जना विद्यार्थी मात्रै नन ग्रेडिङ भएका हुन ।

प्रकाशित : २०८२ असार १४ गते १८:३६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI