३२ प्रतिशत नतिजाबाट सुधार गरेर विनयी त्रिवेणीले पुर्‍यायो ५१.३९ प्रतिशत

NAWALPUR TIMES
प्रकाशित : २०८२ असार १४ गते १५:३२
३२ प्रतिशत नतिजाबाट सुधार गरेर विनयी त्रिवेणीले पुर्‍यायो ५१.३९ प्रतिशत

कावासोती । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा अनुसार विनयी त्रिवेणी गाउँपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका ६ सय ८३ विद्यार्थी मध्ये ३ सय ५१ जना अर्थात ५१.३९ प्रतिशत माध्यामिक शिक्षा परीक्षा (एसइई) उतिर्ण भएका हुन ।

शैक्षिकसत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा विनयी त्रिवेणीको नतिजा ३२.२३ प्रतिशत मात्रै रहेको थियो ।

यसै बिच शुक्रबार प्रकाशित नतिजा अनुसार विनयी त्रिवेणीकी एक जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएकी छिन । ब्लु स्टार माध्यमिक विद्यालयकि बृन्दा गुप्ताले ४ जिपिए ल्याएकी हुन ।

विनयी त्रिवेणीबाट १२ वटा सामुदायिक र ५ वटा संस्थागत विद्यालयहरु माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका थिए ।

१२ वटा सामुदायिक विद्यालयका ५ सय ६७ मध्ये २सय ४८ जना अर्थात ४३.७३ प्रतिशत विद्यार्थी उतिर्ण हुन सफल भएका छ्न । शैक्षिकसत्र २०८० विनयी त्रिवेणीका १२ वटा सामुदायिक विद्यालयको नतिजा १९.८८ प्रतिशत मात्रै थियो ।

सामुदायिक तर्फ भानुदय माध्यमिक विद्यालयको (प्राविधिक धार)ले ८६.९६ प्रतिशत, शिवपुर गढी माध्यमिक विद्यालयले ७४.६५ प्रतिशत, अहिंसावादी माद्यामिक विद्यालयले ७१.४२ प्रतिशत र नारायणी गण्डकी माध्यमिक विद्यालयले ७०.४९ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएका हुन ।

त्यसै गरि माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी ५ वटा संस्थागत विद्यालयका ११६ जना विद्यार्थी मध्ये १०३ जना अर्थात ८८.७९ प्रतिशत विद्यार्थी उतिर्ण भएका छ्न । ब्लुस्टार मावीले शत प्रतिशत, ब्लुमिङ बर्डस माध्यमिक विद्यालयले ९५.४५ प्रतिशत, उज्जवल शिशु माध्यमिक विद्यालयले ९४.४४ प्रतिशत, शान्तिदिप माध्यमिक विद्यालयले ७८.९४ प्रतिशत र लखन थापा माध्यमिक विद्यालयले ७१.४२ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएका छ्न ।

प्रकाशित : २०८२ असार १४ गते १५:३२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI