३७ प्रतिशत नतिजाबाट सुधार गरेर हुप्सेकोटले पुर्यायो ६२.२४ प्रतिशत
NAWALPUR TIMES प्रकाशित : २०८२ असार १४ गते १४:१५
कावासोती । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा अनुसार हुप्सेकोट गाउँपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका ४ सय २९ विद्यार्थी मध्ये २ सय ६७ जना अर्थात ६२.२४ प्रतिशत माध्यमिक शिक्षा परीक्षा (एसइई) उतिर्ण भएका हुन ।
शैक्षिकसत्र २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा हुप्सेकोटको नतिजा ३७ प्रतिशत मात्रै रहेको थियो ।
यसै बिच शुक्रबार प्रकाशित नतिजा अनुसार हुप्सेकोटकी एक जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएकी छिन । सरस्वती संस्कृत तथा साधारण माध्यमिक विद्यालय हुप्सेकोटकी जस्मिन कंडेलले ४ जिपिए ल्याएकी हुन ।
हुप्सेकोटबाट १२ वटा सामुदायिक र ४ वटा संस्थागत विद्यालयहरु माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका थिए ।
१२ वटा सामुदायिक विद्यालयका ३ सय ४६ मध्ये २सय ३ जना अर्थात ५८.६७ प्रतिशत विद्यार्थी उतिर्ण हुन सफल भएका छ्न । सामुदायिक तर्फ ज्वाला माध्यमिक विद्यालय झ्यालबासले सबै भन्दा धेरै ८१.२५ प्रतिशत विद्यार्थी उतिर्ण गराएको हो भने सबै भन्दा कम हुप्सेकोट मा.बि. बिरुखर्कको नतिजा ११.११ प्रतिशत रहेको छ ।
त्यसै गरि माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी ४ वटा संस्थागत विद्यालयका ८३ जना विद्यार्थी मध्ये ६४ जना अर्थात ७७.७१ प्रतिशत विद्यार्थी उतिर्ण भएका छ्न । अर्पण आवासीय माध्यमिक विद्यालयले ९४.१२ प्रतिशत, भुपुसैनिक प्रभात एकेडेमीले ७५ प्रतिशत, सिद्धार्थ शान्ति निकेतन माध्यमिक विद्यालयले ६० प्रतिशत र थुम्किदेवी ब्राईट फ्युचर स्कुलले ८०.७७ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएका हुन ।
Facebook Comment