गोलभेडाको पात खन्ने कीराको पहिचान र व्यवस्थापन

कैलासपती चौधरी
प्रकाशित : २०८२ असार ३० गते २१:२२
गोलभेडाको पात खन्ने कीराको पहिचान र व्यवस्थापन

गोलभेडाको पात खन्ने कीरा एक अत्यन्तै विनाशकारी कीरा हो, जसले विशेष गरेर गोलभेडा बालीमा आक्रमण गर्छ। यसको वैज्ञानिक नाम टुटा अवसोलुटा  हो र यो गेलेचिडि परिवार अन्तर्गत पर्दछ। यसको लार्भा अवस्था बालीमा बढी क्षति पुर्‍याउने चरण हो। लार्भाले गोलभेडाको पात,  मुना,  र फल  भित्र प्वाल पारी सुरुङ बनाउँछ  र पुरै बोट जलेको जस्तो देखिन्छ।

Screenshot 20250714 205511 com hihonor hnoffice AppFrameActivity WP0 edit 3803894690919726

यो कीराको समस्या मुख्यतः गोलभेडा आलु,  भान्टा, आदि साथै सोलानेसी परिवारका अन्य बालीहरूमा पनि देखिएको छ। यसले पातको तल्लो सतह, डाँठ, फुल वा फलमा अण्डा पार्छ। यो कीराको लम्बाइ लगभग ८ देखि १० मि.मि.को हुन्छ। यसले पात,  डाँठ र फल भित्र छिर्छ र सुरुङ बनाउँछ। यो कीराको प्युपा अवस्था माटो भित्र,    सुख्खा पात वा अन्य कुहिएको भागमा देखिन्छ र यसको रंग  गाढा खैरो हुन्छ। गोलभेडाको पात खन्ने कीराको वयस्क हल्का खैरो देखि खरानी रंगको हुन्छ। यसको पखेटा साँघुरा र लामो हुन्छ। यो कीराको लम्बाइ करिब 6 देखि ७ मि.मि. हुन्छ। यो कीराको सक्रियता प्रायः साँझ र रातिमा हुन्छ। यो कीराको आक्रमणले संक्रमित पात सुक्न थाल्छ र झर्छ, जसले बोटको सामान्य बढ्ने प्रक्रिया रोकिन्छ, डाँठ कमजोर भई बोट लत्रिन सक्छ, नयाँ टुसा तथा फूल झर्ने गर्छ र बालीको उत्पादन क्षमता घट्छ।

टुटा कीराको व्यवस्थापन:
टुटा कीरा अत्यन्तै विनाशकारी र तीव्र रूपमा फैलिने कीरा भएकाले यसको समग्र एकीकृत शत्रुजीव व्यवस्थापन गर्नु अत्यावश्यक हुन्छ। यदि समयमै नियन्त्रण गर्न नसके गोलभेडा उत्पादनमा ८०–१०0 प्रतिशत सम्म क्षति पुर्‍याउन सक्छ। यसको ब्यवस्थापन विधिहरु निम्न अनुसार गर्न सकिन्छ।
• कीराहरुले संक्रमण गरेका पातहरु र अन्य बिरुवाका भागहरु हटाई नष्ट गर्ने (जलाउने वा कम्तिमा 1 फुट गाडने,
• गोलभेडा खेती गरे पछि गहिरो जोत्ने र ठुटाहरु नष्ट गर्ने,
• बाली चक्र  अपनाउने,
• गोलभेडा नजिकै अन्य सोलानिसि परिवारका झारहरू (जस्तै  धतुरो) हटाउने,
• लार्भा र प्युपा मार्न 30 से.मी .गहिरो गृष्मकालिन जोताई गर्ने,
• प्लाष्टिक मल्चिङ गरी प्युपा बन्ने प्रकिया रोक्ने,
• स्वस्थ वेर्ना रोप्ने,जाली घर भित्र नर्सरी ट्रेमा वेर्ना उत्पादन गर्ने,
• गहुँत पानी १:५ को अनुपातमा मिसाई 5-5 दिनको अन्तरालमा छर्ने,
• निमको तेल (५ एमएल/१ लिटर  पानीमा) छर्ने,
• टिएलएम ल्युर, वटा-टि पासो प्रति रोपनी 5 वटा का दरले प्रयोग गर्ने,
• बिटि कुस्टाकी 1 प्रतिशत डब्लु पि 2 ग्राम प्रति लिटर पानीमा मिसाई 7 दिनको फरकमा छर्ने,
• इमामेक्टिन बेन्जोएट 5 प्रतिशत डब्लु पि १ एमएल/३ लिटर पानीमा मिसाई छर्ने, वा
• स्नोस्याड 45 प्रतिशत एस.सि 1 मिलि प्रति 3 लिटर पानीमा मिसाई 10-15 दिनको फरकमा छर्ने, वा
• क्लोरोएन्न्टानिलिप्रोल 18.5 प्रतिशत एस.सि 1 मिलि प्रति 3 लिटर पानीमा मिसाई 10-1० दिनको फरकमा छर्ने, वा
• फ्लुबिन्डियामाईड 39.35 प्रतिशत एससि 1मिलि प्रति 3-5 लिटर पानीमा मिसाई 10-15 दिनको फरकमा छर्ने,

रसायनिक बिषादी प्रयोग गर्दा प्रयोगकर्ताले सुरक्षित पहिरन प्रयोग। साथै,  बिषादी छरिसकेपश्चात् पर्खनु पर्ने अबधिको पालना गरौं।

लेखक प्रधानमन्त्री कषि आधुनिकीकरण परियोजना कार्यालय एकाई नवलपुरकी नायव प्राविधिक सहायक हुन ।

प्रकाशित : २०८२ असार ३० गते २१:२२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI