कावासोती । आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले आज नेदरल्यान्ड्सको सामना गर्ने तालिका छ । स्कटल्यान्डको डन्डीमा यो खेल पौने ४ बजे सुरू हुनेछ।
पोर्थहिल क्रिकेट ग्राउण्डमा जारी सिरिजमा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो भने नेदरल्यान्ड्सले पहिलो खेल खेल्न लागेको हो।
लिग टूको आफ्नो चौथो त्रिकोणात्मक सिरिजका लागि स्कटल्यान्ड पुगेको नेपाली टोली ७ महिनापछि एकदिवसीय अन्तर्राष्ट्रियमा खेलमा फर्किएको हो । मुख्य प्रशिक्षक स्टुआर्ट लको नेतृत्वमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेलमा दुई दिन अघि मात्रै घरेलु टिम स्कटल्यान्डलाई एक विकेटले हराएको थियो।
यी दुई टिमबीच भएका पछिल्ला पाँच खेलमा नेपालले दुई खेल जितेको छ। यसैगरी तीन खेलमा नेदरल्यान्ड्स बिजयी भएको छ।
नेपालले अब आउँदो जेठ २५ गते पुनः स्कटल्याण्ड र त्यसको २ दिनपछि नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्नेछ । असार १ बाट तीन वटै राष्ट्रबीच त्रिकोणात्मक टी-२० आई सिरिज सुरू हुनेछ ।
लिग २ मा १३ मध्ये केवल तीन जित हात पारेको नेपाल ८ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ । २० अंकसहित नेदरल्यान्ड्स दोस्रो र १६ अंकसहित स्कटल्यान्ड चौथो स्थानमा छ ।
Facebook Comment
Comment