विनयी त्रिवेणीमा तरकारी काटने चक्कुले घाँटी रेटेर श्रीमानले गरे श्रीमतीको हत्या

NAWALPUR TIMES

विनयी त्रिवेणीमा तरकारी काटने चक्कुले घाँटी रेटेर श्रीमानले गरे श्रीमतीको हत्या

कावासोती । नवलपुरमा श्रीमानले श्रीमतीको तरकारी काटने चक्कुले घाँटी रेटेर हत्या गरेका छन् ।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका –३, उदयटारी बस्ने महेन्द्र पौडेलले आफ्नै श्रीमती गोमा पौडेलको चक्कुले घाँटी रेटेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले बताए ।

शुक्रबार बिहान करिब १० ः३० बजेको समयमा श्रीमान श्रीमती बिचघरायसी विषयमा विवाद भएको थियो । विवाद बढदै जाँदा तरकारी काट्ने चक्कुले घाँटी रेटेर पौडेलले आफ्नै श्रीमतिको हत्या गरेको प्रहरी डिएसपी नेपालले बताए ।

श्रीमतीको हत्या गर्ने श्रीमानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको डिएसपी नेपालले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology