कावासोती । वन्यजन्तुको आक्रमणमा परेर नवलपुरमा चालु आर्थिक वर्षको ८ महिनामा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाईते भएका छन ।
चितवन राष्ट्रिय निकुञ्ज र यसको मध्यवर्ती क्षेत्रमा वन्य जन्तुको आक्रमणबाट ८ महिनाको अवधिमा४ जनाको मृत्यु भएको छ भने ४ जना घाईते भएका निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत अविनाश मगरले जानकारी दिए ।
८ महिनाको अवधिमा विनयी त्रिवेणी–१ का जीतबहादुर थिंग, कावासोती ७ का शुकबहादुर बोटे, मध्यविन्दु ६ का नाथुराम महतो र देवचुली १ की राममाया सोतीको वन्य जन्तुको आक्रमणबाट मृत्यु भएको हो । ४ जना मध्ये विनयी त्रिवेणी–१ का जीतबहादुर थिंग बाघको आक्रमणबाट मृत्यु भएको हो भने अन्य ३ जनाको गैँडाले आक्रमण गर्दा मृत्यु भएको सूचना अधिकारी थापाले बताए ।
यसै गरि गैँडाले आक्रमण गर्दा मध्यविन्दुका सर्वजीत मगर, टिकी कुमाल, कावासोतीका निरन्जन महतो र देवचुलीकी कुमारी आले मगर घाईते भएका छन ।
त्यसै गरि यो अवधिमा डिभिजन वन कार्यलयको सेवा क्षेत्र अर्थात निकुञ्ज र मध्यवर्ती क्षेत्र बाहिर १जनाको मृत्यु र२ जना घाईते भएका छन । डिभिजन वन कार्यालयका अधिकृत शिशिर लम्सालका अनुसार गैँडाले आक्रमणण गर्दा दोलखाका कृष्णप्रसाद दाहालको मृत्यु भएको थियो भने गैडाकै आक्रमणबाट दोलखाकै प्रदीप न्यौपाने र गैडाकोटका नेप्टेबहादुर कुमाल घाईते भएका हुन ।
मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण हुन नसक्दा बर्सेनि जङ्गली जनावारको आक्रमणका कारण अकालमा मृत्यु हुने गरेको छ । निकुञ्ज र सामुदायिक वन भित्र वन्यजन्तुको बासस्थानलाई व्यवस्थित र प्रभावकारी नभएकाले मानव वन्यजन्तु द्वन्द बढेको संरक्षणकर्मीहरु बताउछ्न ।
निकुञ्ज, मध्यवर्ती, डिभिजन वन कार्यालयले वन क्षेत्रमा घाँसेमैदान व्यवस्थापन, पानी व्यवस्थापन लगायतका क्षेत्रमा काम गर्ने पर्ने भए पनि पर्याप्त बजेट अभावका कारण काम हुन नसकेको निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी थापाले बताए । “काम त केही भएका छ्न, अहिले पनि घाँसे मैदानको बजेट घटेर आयो, स्रोत साधनको कमि हुँदा जति गर्नु पर्ने हो त्यति गर्न सकिएको छैन,” थापाले भने
निकुञ्ज र मध्यवर्ती क्षेत्र र सामुदायिक वनमा अनधिकृत रूपमा प्रवेश गर्दा पनि यस्ता घटना हुने गरेका छन् । घाँस दाउरा काट्न, माछा मार्न, निगुरो टिप्न ती क्षेत्र प्रवेश गर्दा जनावारले आक्रमण गर्ने गरेको पाइएको छ ।
सरोकारवाला निकाय निकुञ्ज, डिभिजन वन तथ मध्यवर्ती उपभोक्ता समितिले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि मेस जाली भर्ने, तारबार लगाउने, विद्युतीय तारबार गर्ने, पक्की पर्खाल लगाउने र वन्यजन्तु बस्ती पस्दा उद्धार र व्यवस्थापनलगायत काम गरिरहेको भए पनि त्यो भने पर्याप्त हुन सकेको छैन ।
प्रकाशित : २०८१ फागुन २१ गते १३:१६
Facebook Comment