नवलपुरमा सुन चोरी गर्ने र चोरीको सुन खरिद गर्ने पक्राउ

NAWALPUR TIMES

नवलपुरमा सुन चोरी गर्ने र चोरीको सुन खरिद गर्ने पक्राउ

कावासोती । नवलपुर प्रहरीले चोरीको सुन खरिद गर्ने सुन पसले सहित २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पक्राउ परेका दुबै जनालाई चोरी कसूरमा नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिई घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक मधु नेपालले सुन पसलेले चोरीको सुन विना विल पनि चलनचल्तीको भाउभन्दा सस्तोमा खरिद गर्ने गरेको बताए ।

कावासोती २ मा रहेको न्यू राहुल सुनचाँदी पसलका सञ्चालक राजेश विसी र सुन चोरीमा सम्लग्न कावासोती १७ गोछडा निवासी २३ बर्षीय सुस्मा महतोलाई पक्राउ गरिएको नेपालले बताए ।

सुस्मा महतोले विवाहमा जाँदा देवचुली नगरपालिका २ निवासी अमृता चौधरीको कोठाबाट करिब २ तोला सुन चोरी गरेको र उक्त सुन उनले कावासोती २ मा रहेको न्यू राहुल सुनचाँदी पसलमा विक्री गरेको खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई चोरी कसूरमा नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद लिई घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology