कावासोती । जिल्लाकाे कावासाेतीमा जारी जि एम कप पुरूष भलिबल प्रतियोगिता अन्तर्गत लिग चरणकाे खेल सकिएकाे छ ।
शनिबार सम्पन्न ३ खेलमा विभागीय टिम नेपाल पुलिस क्लब,त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश बिजय भएकाछन् ।
लिग प्रतियाेगितामा पुलिसले बाग्मती प्रदेश टिमलाई १२,१८ र १९ काे साेझाे सेटमा हराएकाे हाे भने त्रिभुवन आर्मी क्लवले पनि लकर्णाली प्रदेश टिमलाई २५/१४,२५/१३,२५/२२ कै साेझाे सेटमा पछाडि पारेकाे छ ।
त्यसै गरि माेफसलका टिम गण्डकी र लुम्बिनी बीचकाे खेलमा गण्डकी प्रदेश बजयी भएकाे छ । गण्डकीले लुम्बिनी प्रदेश टिमसंग २५-२१,२५-१५,२३-२५ र २५ -२० अर्थात ३/१काे सेटमा जित निकालेेकाे हाे ।
सम्पन्न लिग खेलमा पुलिस क्लबका पहल गहतराज, आर्मी क्लबका देव राना र गण्डकीका सन्जु बिक्रम शाह म्यान अफ दि म्याच घाेषित भएकाछन् ।
याे संगै फागुन २८ गते बाट सुरू भएकाे माेफसलकै ठूलाे भलिबल प्रतियोगिता जि एम कपकाे लिग चरण समाप्त भई आईतबार नकआउट चरणका खेलहरू प्रारम्भ हुने जि एम समाजका सल्लाहकार सहज राना मगरले बताए ।
Facebook Comment