कावासोती । पुर्व पश्चिम राजमार्गको पुल भाचिए पछि पुर्व पश्चिम राजमार्ग अवरुद्ध भएको छ । यातायात अवरुद्ध भए सँगै यात्रुहरुले बाटोमै रात कटाउन पर्ने भएको छ ।
चोरमारामा रहेको गिरुबारी खोलाको पुलमा म.प्र.०३-००१ क ३१६३ नं.को(१८ चक्के टेलर) किलिङ्गर(कच्चा पदार्थ) बोकी होङ्सी सिमेन्ट कम्पनीबाट बिरगंज तर्फ जादै गरेको टेलर पुलमा हिडदै गर्दा पुल भासिए पछि यातायात अवरुद्ध भएको छ ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी भविष्वर पाण्डेका अनुसार पुल भासिए पछि यातायात आवागमन रोकिएको छ । “सडक विभाग र नेपाल प्रहरीको टिम पुलमा खटिएको छ । तत्काल यातायात सुचारु गर्ने अवस्था छैन”, पाण्डेले भने ।
पुल सँगै अर्को निर्माणाधीन पुल पनि तत्काल सन्चाल गर्न सकिने अवस्थामा नरहेको र रातको समय भएकाले डाईभर्सन बनाउन पनि नसकिने भएकाले तत्काल यातायात सुचारु हुने अवस्था नरहेको प्रजिअ पाण्डेले बताए । “उज्यालो नहुदा सम्म वैकल्पिक राजमार्ग बनाउने अवस्था पनि छैन, प्राविधिक खटिएका छ्न तत्काल सडक सुचारु गर्न सकिदैन”, उनले भने ।
प्रकाशित : २०८२ वैशाख २९ गते २२:११
Facebook Comment