एजेन्डा, कांग्रेसको संगठन र मतदाताको भरोसाले मजबुत बन्दै घर्ती
NAWALPUR TIMES
कावासोती । नवलपुर निर्वाचन क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्ती मगर चुनावी मैदानमा स्पष्ट अग्रपंक्तिमा देखिएका छन्। तीव्र चुनावी अभियान, प्रभावकारी जनसम्पर्क र विकासकेन्द्रित स्पष्ट एजेन्डाका कारण घर्तीले लिएको रफ्तारसँगै उनका प्रतिस्पर्धी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी दबाबमा परेका छन् भन्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।
पछिल्लो समय देखिएको बद्लिएको कांग्रेसको छविले नवलपुर–२ मा पार्टी संगठनलाई एकताबद्ध मात्र होइन, थप सक्रिय र आक्रामक बनाएको देखिन्छ। आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै अघि बढेको कांग्रेसको यही रूपान्तरणको प्रतिनिधि पात्रका रूपमा घर्तीलाई हेरिन थालिएको छ। वडा तहदेखि बलियो संगठन, युवासँगको निरन्तर संवाद र अनुभवी नेताहरूसँगको समन्वयले उनको अभियानलाई थप मजबुत बनाएको स्थानीयहरूको भनाइ छ।
नवलपुर–२ लामो समयसम्म एमालेको प्रभाव क्षेत्रका रूपमा चिनिँदै आएको निर्वाचन क्षेत्र हो। तर २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले त्यो राजनीतिक विरासत तोड्दै ऐतिहासिक सफलता हासिल गरेको थियो। सो निर्वाचनमा कांग्रेसका उम्मेदवार विष्णु कुमार कार्की ले ३६ हजार १०४ मत प्राप्त गर्दै एमालेका उम्मेदवार तिलक महत लाई पराजित गरेका थिए। महतले उक्त निर्वाचनमा ३४ हजार ८३ मत प्राप्त गरेका थिए। त्यतिबेला तेस्रो स्थानमा रहेको रास्वपाले ६ हजार ४४३ मत पाएको तथ्यले नवलपुर–२ मा कांग्रेसको पुनरागमनलाई थप पुष्टि गरेको थियो।
![]()
कांग्रेसको बलियो संगठन, घर्तीप्रति मतदाताको भरोसा र जेन–जी पुस्ताको आकर्षण हेर्दा कांग्रेस यसपटक पनि निरन्तरताको रणनीतिसहित मैदानमा उत्रिएको देखिन्छ। यस निर्वाचनमा एमालेले पुनः तिलक महतलाई उम्मेदवारका रूपमा अघि सारेको छ भने अघिल्लो निर्वाचनमा तेस्रो बनेको रास्वपाले मनिस खनाललाई उम्मेदवार बनाएको छ। यद्यपि हालसम्मको चुनावी गतिविधि, जनसहभागिता र संगठनात्मक शक्ति हेर्दा कांग्रेस उम्मेदवार घर्ती स्पष्ट अग्रतामा देखिएको विश्लेषकहरूको निष्कर्ष छ।
घर्तीले घरदैलो अभियानलाई तीव्र बनाउँदै भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर नवलपुर–२ लाई समृद्ध बनाउने विस्तृत योजना सार्वजनिक गरेका छन्। “काम गरेर देखाउने उम्मेदवार चाहियो” भन्ने जनभावनासँग उनको अभियान मेल खाँदा उनी नवलपुर–२ का उम्मेदवारमध्ये अब्बल र विश्वसनीय विकल्पका रूपमा स्थापित हुँदै गएका छन्। अघिल्लो निर्वाचनको मत–इतिहास मात्रै होइन, यसपटक प्रस्तुत गरिएका स्पष्ट प्रतिबद्धता र व्यवहारिक एजेन्डाले पनि उनलाई मतदातामाझ अझ अब्बल बनाएको देखिन्छ।
![]()
भौतिक पूर्वाधार तथा यातायाततर्फ गण्डकी प्रदेशलाई भारत र चीनसँग जोड्ने रणनीतिक महत्वको त्रिवेणी–कोरला सडक अन्तर्गत नवलपुर क्षेत्रमा पर्ने त्रिवेणी–दुम्किबास सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने योजना अघि सारिएको छ। साथै दुम्किबास–मित्याल–रामपुर, चोरमारा–झ्यालबास–डेढगाउँ–भिमाद, अरुणखोला–मित्याल–रामपुर सडक स्तरोन्नति, हुलाकी सडकको काम तीव्र पार्ने तथा बजार क्षेत्रमा पार्किङसहितका भौतिक पूर्वाधार विकास गर्ने घर्तीको प्रतिबद्धता केवल घोषणा मात्र नभई यस क्षेत्रको भविष्यको स्पष्ट खाका भएको स्थानीयहरूको बुझाइ छ। यही कारण मतदाताको स्पष्ट रुझान घर्ती तर्फ देखिएको बताइन्छ।
नारायणी नदी तथा सहायक खोलानालाबाट हुने कटान र डुबान समस्याको दीर्घकालीन समाधानका लागि वैज्ञानिक तटबन्ध निर्माण गर्दै तटबन्धसँगै करिडोर विकास गरी पर्यटकीय मार्ग निर्माण गर्ने योजना घर्तीको प्रमुख एजेन्डामा रहेको छ। जोखिममा रहेका बस्तीको पहिचान गरी संरक्षण वा सुरक्षित स्थानान्तरण गर्ने तथा व्यवस्थित सिँचाइ प्रणाली विकास गर्ने प्रतिबद्धतासमेत अघि सारिएको छ।
![]()
औद्योगिक तथा रोजगारी सिर्जनातर्फ हुप्सेकोटस्थित धौवादी फलाम खानीमा तत्काल उत्खनन् र प्रशोधन प्रक्रिया अघि बढाई रोजगारी सिर्जना र राजस्व वृद्धि गर्ने स्पष्ट योजना प्रस्तुत गरिएको छ। नेपालमै पहिलो पटक सुरु गरिएको एकीकृत नमूना सदरमुकाम निर्माण कार्य सम्पन्न गरी यथाशीघ्र सञ्चालनमा ल्याइने, यसबाट जिल्लाको प्रशासनिक सेवा सरल, छरितो र प्रभावकारी बनाइने तथा त्रिवेणी भन्सार कार्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गरिने प्रतिबद्धता घर्तीले व्यक्त गरेका छन्। उनका यी योजनाहरू महत्वाकांक्षीभन्दा पनि कार्यान्वयनयोग्य रहेकाले मतदाताको विश्वास थप सुदृढ बन्दै गएको देखिन्छ।
शिक्षा क्षेत्रमा प्रविधि, सीप र रोजगारीसँग जोडिएको व्यवहारिक शिक्षा प्रणाली विकास गर्ने, सामुदायिक विद्यालय तथा क्याम्पसको गुणस्तर अभिवृद्धि गर्ने र प्रविधियुक्त पूर्वाधार विस्तार गर्ने योजना अघि सारिएको छ। स्वास्थ्यतर्फ मध्यविन्दु प्रादेशिक अस्पताल, जिल्ला आयुर्वेद अस्पताल, पालिकास्तरीय अस्पताल र स्वास्थ्य चौकी स्तरोन्नति गरी स्थानीय तहबाटै गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ। साथै कांग्रेस सभापति पुर्व स्वास्थ्य मन्त्री गगन थापा द्वारा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाइने घर्तीले बताएका छन्।
कृषि तथा पशुपालनलाई आधुनिक र व्यवसायिक पेशामा रूपान्तरण गर्दै पहाडी क्षेत्रमा फलफूल, मसला र नगदे बाली तथा तराई क्षेत्रमा केरा, उखु, तरकारी, मत्स्यपालन र पशुपालन प्रवर्द्धन गर्ने नवलपुर–२ लाई समृद्ध बनाउने कृषि खाका प्रस्तुत गरिएको छ। चिस्यान केन्द्र स्थापना, कृषिको यान्त्रिकीकरण, बजार व्यवस्थापन र किसानलाई उद्यमी बनाउने दीर्घकालीन सोच घोषणापत्रमा स्पष्ट रूपमा झल्किएको छ। पर्यटनतर्फ त्रिवेणी धाम, दाउन्ने देवी मन्दिर, लोहोत्से धारा, अर्चले गुफा, थुम्केदी देवी मन्दिर, नन्दाभाउजु ताललगायत धार्मिक तथा प्राकृतिक स्थलको संरक्षण र प्रवर्द्धन गर्दै क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।
भूमिहीन, अव्यवस्थित तथा सुकुम्बासी समस्याको समाधानका लागि भूमिहीन दलित, आदिवासी जनजाति तथा अव्यवस्थित बसोबासीलाई राष्ट्रिय भूमि आयोग र स्थानीय तहको समन्वयमा जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइने, भूमि वर्गीकरण गर्दै व्यवस्थित बसोबास र विकासको आधार तयार गरिने प्रतिबद्धता गरिएको छ। युवालाई लक्षित गर्दै नवप्रवर्तन केन्द्र स्थापना, सहुलियत ऋण, सीप विकास तालिम र स्टार्टअप सहयोगमार्फत रोजगारी सिर्जना गर्ने, “एक पालिका–एक रङ्गशाला” अवधारणाअन्तर्गत खेलकुद पूर्वाधार विकास गर्ने योजना पनि घर्तीको एजेन्डामा समेटिएको छ।
लोकतान्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका घर्ती मगर बौद्धिक, सामाजिक र राजनीतिक क्षेत्रमा स्थापित नेताका रूपमा परिचित छन्।
यही चुनावी सन्दर्भमा कांग्रेस नवलपुर क्षेत्र नं. २ ले दुम्किबासमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा ले गगन–ओम संयोजनलाई नवलपुरको विकास र राजनीतिक स्थायित्वको आधारका रूपमा प्रस्तुत गरेका थिए। “गगन थापालाई प्रधानमन्त्री बनाउँदै गर्दा प्रतिनिधि सभामा हामीलाई ओमबहादुर घर्ती चाहिन्छ,” उनले भने, “नवलपुरको समृद्धिको जिम्मा ओममार्फत गगनलाई दिनुहोस्।”
राजनीतिक रूपमा नवलपुर–२ को यो निर्वाचनलाई कांग्रेसले २०७९ मा प्राप्त जनविश्वासलाई संस्थागत गर्दै विकास र स्थायित्वको यात्रालाई निरन्तरता दिने अवसरका रूपमा लिएको छ। बद्लिएको कांग्रेस, एकताबद्ध संगठन, जनमुखी एजेन्डा, स्पष्ट मत–इतिहास र गगन–ओम राजनीतिक संयोजनका कारण हालसम्मको चुनावी चित्रमा ओमबहादुर घर्ती मगर स्पष्ट अग्रतामा रहेका अब्बल उम्मेदवारका रूपमा देखिएका छन्।र्किँदै जाँदा नेपाली कांग्रेसका उम्मेदवार ओमबहादुर घर्ती मगर चुनावी मैदानमा स्पष्ट अग्रपंक्तिमा देखिएका छन्। तीव्र चुनावी अभियान, प्रभावकारी जनसम्पर्क र विकासकेन्द्रित स्पष्ट एजेन्डाका कारण घर्तीले लिएको रफ्तारसँगै उनका प्रतिस्पर्धी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी दबाबमा परेका छन् भन्ने राजनीतिक विश्लेषकहरूको ठम्याइ छ।
पछिल्लो समय देखिएको बद्लिएको कांग्रेसको छविले नवलपुर–२ मा पार्टी संगठनलाई एकताबद्ध मात्र होइन, थप सक्रिय र आक्रामक बनाएको देखिन्छ। आन्तरिक लोकतन्त्र, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै अघि बढेको कांग्रेसको यही रूपान्तरणको प्रतिनिधि पात्रका रूपमा घर्तीलाई हेरिन थालिएको छ। वडा तहदेखि बलियो संगठन, युवासँगको निरन्तर संवाद र अनुभवी नेताहरूसँगको समन्वयले उनको अभियानलाई थप मजबुत बनाएको स्थानीयहरूको भनाइ छ।
नवलपुर–२ लामो समयसम्म एमालेको प्रभाव क्षेत्रका रूपमा चिनिँदै आएको निर्वाचन क्षेत्र हो। तर २०७९ को प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले त्यो राजनीतिक विरासत तोड्दै ऐतिहासिक सफलता हासिल गरेको थियो। सो निर्वाचनमा कांग्रेसका उम्मेदवार विष्णु कुमार कार्की ले ३६ हजार १०४ मत प्राप्त गर्दै एमालेका उम्मेदवार तिलक महत लाई पराजित गरेका थिए। महतले उक्त निर्वाचनमा ३४ हजार ८३ मत प्राप्त गरेका थिए। त्यतिबेला तेस्रो स्थानमा रहेको रास्वपाले ६ हजार ४४३ मत पाएको तथ्यले नवलपुर–२ मा कांग्रेसको पुनरागमनलाई थप पुष्टि गरेको थियो।
कांग्रेसको बलियो संगठन, घर्तीप्रति मतदाताको भरोसा र जेन–जी पुस्ताको आकर्षण हेर्दा कांग्रेस यसपटक पनि निरन्तरताको रणनीतिसहित मैदानमा उत्रिएको देखिन्छ। यस निर्वाचनमा एमालेले पुनः तिलक महतलाई उम्मेदवारका रूपमा अघि सारेको छ भने अघिल्लो निर्वाचनमा तेस्रो बनेको रास्वपाले मनिस खनाललाई उम्मेदवार बनाएको छ। यद्यपि हालसम्मको चुनावी गतिविधि, जनसहभागिता र संगठनात्मक शक्ति हेर्दा कांग्रेस उम्मेदवार घर्ती स्पष्ट अग्रतामा देखिएको विश्लेषकहरूको निष्कर्ष छ।
घर्तीले घरदैलो अभियानलाई तीव्र बनाउँदै भौतिक पूर्वाधार, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर नवलपुर–२ लाई समृद्ध बनाउने विस्तृत योजना सार्वजनिक गरेका छन्। “काम गरेर देखाउने उम्मेदवार चाहियो” भन्ने जनभावनासँग उनको अभियान मेल खाँदा उनी नवलपुर–२ का उम्मेदवारमध्ये अब्बल र विश्वसनीय विकल्पका रूपमा स्थापित हुँदै गएका छन्। अघिल्लो निर्वाचनको मत–इतिहास मात्रै होइन, यसपटक प्रस्तुत गरिएका स्पष्ट प्रतिबद्धता र व्यवहारिक एजेन्डाले पनि उनलाई मतदातामाझ अझ अब्बल बनाएको देखिन्छ।
भौतिक पूर्वाधार तथा यातायाततर्फ गण्डकी प्रदेशलाई भारत र चीनसँग जोड्ने रणनीतिक महत्वको त्रिवेणी–कोरला सडक अन्तर्गत नवलपुर क्षेत्रमा पर्ने त्रिवेणी–दुम्किबास सडक निर्माणलाई प्राथमिकताका साथ अघि बढाइने योजना अघि सारिएको छ। साथै दुम्किबास–मित्याल–रामपुर, चोरमारा–झ्यालबास–डेढगाउँ–भिमाद, अरुणखोला–मित्याल–रामपुर सडक स्तरोन्नति, हुलाकी सडकको काम तीव्र पार्ने तथा बजार क्षेत्रमा पार्किङसहितका भौतिक पूर्वाधार विकास गर्ने घर्तीको प्रतिबद्धता केवल घोषणा मात्र नभई यस क्षेत्रको भविष्यको स्पष्ट खाका भएको स्थानीयहरूको बुझाइ छ। यही कारण मतदाताको स्पष्ट रुझान घर्ती तर्फ देखिएको बताइन्छ।
नारायणी नदी तथा सहायक खोलानालाबाट हुने कटान र डुबान समस्याको दीर्घकालीन समाधानका लागि वैज्ञानिक तटबन्ध निर्माण गर्दै तटबन्धसँगै करिडोर विकास गरी पर्यटकीय मार्ग निर्माण गर्ने योजना घर्तीको प्रमुख एजेन्डामा रहेको छ। जोखिममा रहेका बस्तीको पहिचान गरी संरक्षण वा सुरक्षित स्थानान्तरण गर्ने तथा व्यवस्थित सिँचाइ प्रणाली विकास गर्ने प्रतिबद्धतासमेत अघि सारिएको छ।
औद्योगिक तथा रोजगारी सिर्जनातर्फ हुप्सेकोटस्थित धौवादी फलाम खानीमा तत्काल उत्खनन् र प्रशोधन प्रक्रिया अघि बढाई रोजगारी सिर्जना र राजस्व वृद्धि गर्ने स्पष्ट योजना प्रस्तुत गरिएको छ। नेपालमै पहिलो पटक सुरु गरिएको एकीकृत नमूना सदरमुकाम निर्माण कार्य सम्पन्न गरी यथाशीघ्र सञ्चालनमा ल्याइने, यसबाट जिल्लाको प्रशासनिक सेवा सरल, छरितो र प्रभावकारी बनाइने तथा त्रिवेणी भन्सार कार्यालयलाई व्यवस्थित रूपमा सञ्चालन गरिने प्रतिबद्धता घर्तीले व्यक्त गरेका छन्। उनका यी योजनाहरू महत्वाकांक्षीभन्दा पनि कार्यान्वयनयोग्य रहेकाले मतदाताको विश्वास थप सुदृढ बन्दै गएको देखिन्छ।
शिक्षा क्षेत्रमा प्रविधि, सीप र रोजगारीसँग जोडिएको व्यवहारिक शिक्षा प्रणाली विकास गर्ने, सामुदायिक विद्यालय तथा क्याम्पसको गुणस्तर अभिवृद्धि गर्ने र प्रविधियुक्त पूर्वाधार विस्तार गर्ने योजना अघि सारिएको छ। स्वास्थ्यतर्फ मध्यविन्दु प्रादेशिक अस्पताल, जिल्ला आयुर्वेद अस्पताल, पालिकास्तरीय अस्पताल र स्वास्थ्य चौकी स्तरोन्नति गरी स्थानीय तहबाटै गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्य लिइएको छ। साथै कांग्रेस नेता गगन थापा द्वारा सुरु गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाइने घर्तीले बताएका छन्।
कृषि तथा पशुपालनलाई आधुनिक र व्यवसायिक पेशामा रूपान्तरण गर्दै पहाडी क्षेत्रमा फलफूल, मसला र नगदे बाली तथा तराई क्षेत्रमा केरा, उखु, तरकारी, मत्स्यपालन र पशुपालन प्रवर्द्धन गर्ने नवलपुर–२ लाई समृद्ध बनाउने कृषि खाका प्रस्तुत गरिएको छ। चिस्यान केन्द्र स्थापना, कृषिको यान्त्रिकीकरण, बजार व्यवस्थापन र किसानलाई उद्यमी बनाउने दीर्घकालीन सोच घोषणापत्रमा स्पष्ट रूपमा झल्किएको छ। पर्यटनतर्फ त्रिवेणी धाम, दाउन्ने देवी मन्दिर, लोहोत्से धारा, अर्चले गुफा, थुम्केदी देवी मन्दिर, नन्दाभाउजु ताललगायत धार्मिक तथा प्राकृतिक स्थलको संरक्षण र प्रवर्द्धन गर्दै क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारिएको छ।
भूमिहीन, अव्यवस्थित तथा सुकुम्बासी समस्याको समाधानका लागि भूमिहीन दलित, आदिवासी जनजाति तथा अव्यवस्थित बसोबासीलाई राष्ट्रिय भूमि आयोग र स्थानीय तहको समन्वयमा जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइने, भूमि वर्गीकरण गर्दै व्यवस्थित बसोबास र विकासको आधार तयार गरिने प्रतिबद्धता गरिएको छ। युवालाई लक्षित गर्दै नवप्रवर्तन केन्द्र स्थापना, सहुलियत ऋण, सीप विकास तालिम र स्टार्टअप सहयोगमार्फत रोजगारी सिर्जना गर्ने, “एक पालिका–एक रङ्गशाला” अवधारणाअन्तर्गत खेलकुद पूर्वाधार विकास गर्ने योजना पनि घर्तीको एजेन्डामा समेटिएको छ।
लोकतान्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्षसमेत रहेका घर्ती मगर बौद्धिक, सामाजिक र राजनीतिक क्षेत्रमा स्थापित नेताका रूपमा परिचित छन्।
यही चुनावी सन्दर्भमा कांग्रेस नवलपुर क्षेत्र नं. २ ले दुम्किबासमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा ले गगन–ओम संयोजनलाई नवलपुरको विकास र राजनीतिक स्थायित्वको आधारका रूपमा प्रस्तुत गरेका थिए। “गगन थापालाई प्रधानमन्त्री बनाउँदै गर्दा प्रतिनिधि सभामा हामीलाई ओमबहादुर घर्ती चाहिन्छ,” उनले भने, “नवलपुरको समृद्धिको जिम्मा ओममार्फत गगनलाई दिनुहोस्।”
राजनीतिक रूपमा नवलपुर–२ को यो निर्वाचनलाई कांग्रेसले २०७९ मा प्राप्त जनविश्वासलाई संस्थागत गर्दै विकास र स्थायित्वको यात्रालाई निरन्तरता दिने अवसरका रूपमा लिएको छ। बद्लिएको कांग्रेस, एकताबद्ध संगठन, जनमुखी एजेन्डा, स्पष्ट मत–इतिहास र गगन–ओम राजनीतिक संयोजनका कारण हालसम्मको चुनावी चित्रमा ओमबहादुर घर्ती मगर स्पष्ट अग्रतामा रहेका अब्बल उम्मेदवारका रूपमा देखिएका छन्।
NAWALPUR TIMES
१६ फागुन २०८२ ८:५०थप समाचार
लोकप्रिय (यो साता)
न्यूज अपडेट
-
एजेन्डा, कांग्रेसको संगठन र मतदाताको भरोसाले मजबुत बन्दै घर्ती
-
नवलपुर–२ मा घर्तीको रफ्तार तीव्र, पछि पछि एमाले र रास्वपा
-
नवलपुर–२ को विकासको जिम्मा ओम मार्फत गगनलाई दिन उपसभापति शर्माको अपिल
-
बद्लिएको कांग्रेस र बदलिँदो मतदाता: नवलपुर–१ को चुनावी चित्र
-
मतदातासँग घर्तिको प्रतिज्ञा: आलोक चक्रपथ निर्माण अब प्राथमिकतामा
-
नवलपुरलाई भारतसँग जोडने सीमा नाका बन्द हुने
-
मर्यादित रूपमा होली मनाउन नवलपुर प्रशासनको आग्रह,उम्मेदवारको चिन्ह र फोटो अंकित टिसर्ट लगाए कार्वाही हुने
Facebook Comment