विपक्षीलाई गाली होइन एजेण्डालाई केन्द्रमा राखेर मत माग्न कार्यकर्तालाई घर्तीको अपिल

NAWALPUR TIMES

विपक्षीलाई गाली होइन एजेण्डालाई केन्द्रमा राखेर मत माग्न कार्यकर्तालाई घर्तीको अपिल

कावासोती । नवलपुर क्षेत्र नं २ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका ओमबहादुर घर्तीले अन्य दल वा उम्मेदवारप्रति गाली–गलौज तथा नकारात्मक प्रचार नगरी, नवलपुरको आवश्यकता र नागरिकको अपेक्षालाई केन्द्रमा राखेर मत माग्न कार्यकर्तालाई अपिल गरेका छ्न ।

सोमबार एक अपिल जारी गर्दै घर्तीले पार्टीका नेता कार्यकर्ता शुभेच्छुक, समर्थक तथा अभियानमा क्रियाशिल सबैलाई गौरवपुर्ण ईतिहास, स्पष्ट एजेण्डा र नागरिकप्रतिको सम्मान नै कांग्रेसको शक्ति भएकाले सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्चसम्म नेपाली काङ्ग्रेसको जिम्मेवार र भरोसायोग्य छवि झल्किने व्यवहारमा प्रस्तुत भएर मतदातासँग मत माग्न आग्रह गरेका हुन ।

अभियानको क्रममा नागरिकहरूसँग संवाद गर्दा पार्टीका एजेन्डा, नीति र विकासका स्पष्ट कार्ययोजनालाई सकारात्मक र तथ्यमा आधारित ढङ्गले प्रस्तुत गर्नु कांग्रेसको साझा दायित्व स्मरण गराउदै नवलपुरका नागरिकको भरोसा, लोकतान्त्रिक मूल्य र जिम्मेवार राजनीतिक अभ्यासलाई केन्द्रमा राखेर अघि बढन घर्तीले जारी गरेको अपिलमा उल्लेख गरिएको छ ।

आसन्न प्रतिनिधि सभाको निर्वाचनको प्रचारप्रसारका क्रममा देशभर विपक्षी दल र उम्मेदवार प्रती गाली गलौज र नकारात्मक टिप्पणी गर्ने प्रवृती बढेका बेला घर्तीले कांग्रेस कार्यकर्तालाई जिम्मेवार र अनुशासित भएर मतदाताका बिचमा आफ्ना एजेण्डा स्थापित गर्दै मत माग्न अपिल गरेको घर्तीको सचिवालयले जनाएको छ ।

यस्तो छ घर्तीको अपिल

 

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology