ईरिक्सामा भर्‍याङ लिएर सोलार बत्तीको ब्याट्री चोर्दै हिडने गिरोह प्रगतिनगरबाट पक्राउ

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन १९ गते १५:२८
ईरिक्सामा भर्‍याङ लिएर सोलार बत्तीको ब्याट्री चोर्दै हिडने गिरोह प्रगतिनगरबाट पक्राउ

कावासोती । नवलपुरका विभिन्न स्थानका सडकमा जडान गरिएका सोलार बत्तीको ब्याट्री चोरी गर्ने गिरोह आईतबार देवचुलीको प्रगतिनगरबाट पक्राउ परेका छ्न ।

देवचुली-१५ प्रगतिनगरमा रहेको महाराजा सामुदायिक वनको कार्यालय परिसरमा जडान गरिएको सोलार बत्तीको ब्याट्री निकाल्दै गरेको अवस्थामा स्थानियले नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए ।

स्थानियको सहयोगमा प्रहरीले चितवनकालिका नगरपालिका वडा नं ९ शक्तीखोरका भिम बहादुर प्रजा, पप्पु चेपाङ र ईच्छाकामना-७ को डम्बर तामाङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।

FB IMG 1754213726356 edit 771753804538476

चोरी गर्ने गिरोह ना १ ह ३३३६को ईरिक्सामा भर्‍याङ सहित राखेर हिडने गरेको र जिल्ला का विभिन्न स्थानमा रहेका सोलार बत्तीको ब्याट्री चोरी गर्दै आएका थिए । प्रहरीका अनुसार यो गिरोहलेनै देवचुली-१०, देवचुली-१६ र १७ तथा गैँडाकोट नगरपालिकाको विभिन्न स्थानमा राखिएका सोलार बत्तीको ब्याट्री चोरी गरेका थिए ।

प्रकाशित : २०८२ साउन १९ गते १५:२८
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI