कावासोती । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३२ अर्बको बजेट ल्याएकाे छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष का लागि ३२ अर्बको बजेट विनियोजन गरेका हुन् ।
चालु तर्फ १२ अर्ब ६३ करोड (३९.५%),पुँजीगततर्फ १९ अर्ब ९ करोड अर्थात ५६.७ प्रतिशत वित्तीय व्यवस्थातर्फ २५ करोड बजेट विनियोजन गरिएको छ ।
पूरा बजेटमध्ये सङ्घबाट समानीकरण अनुदानमा ७ अर्ब ९३ करोड, राजस्व बाँडफाँटमा ९ अर्ब ७९ करोड, रोयल्टी ४९ करोड, सशर्त अनुदान ३ अर्ब ३५ करोड अनुमान छ ।
यस्तै, समपूरक अनुदानमा ६३ करोड, विशेष अनुदान ४९ करोड अनुमान छ भने प्रदेशले ५ अर्ब ४५ करोड आन्तरिक आम्दानी गर्ने जनाएको छ ।
प्रकाशित : २०८२ असार १ गते १८:०२
Facebook Comment