श्री गण्डकी कोटिहोम महायज्ञको भूमिपूजन आज गरिदैं

NAWALPUR TIMES

श्री गण्डकी कोटिहोम महायज्ञको भूमिपूजन आज गरिदैं

कावासोती । पोखरा महानगरपालिका–१७ स्थित ऐतिहासिक धार्मिक स्थलमा सञ्चालन हुन लागेको श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको भूमिपूजन कार्यक्रम बैशाख ३ गते, बुधवार (आज)बिहान हुने भएको छ।

यस भव्य महायज्ञको आयोजना मानव सेवा फाउण्डेसन नेपालले गरिरहेको हो। भूमिपूजनको दिन मुख्य यज्ञ कुण्ड खन्ने साइतसमेत रहेको जानकारी आयोजक संस्थाले दिएको छ। सो अवसरमा विशेष पूजा, मन्त्रोच्चारण, वैदिक विधिअनुसार धार्मिक अनुष्ठान तथा भक्तजनहरूको सहभागितामा श्रद्धा र भक्तिपूर्वक कार्यक्रम सम्पन्न गरिनेछ।

महायज्ञको पूर्वसन्ध्यामा चैत्र १७ गतेदेखि नै धार्मिक र सांस्कृतिक गतिविधिहरू सुरु भइसकेका छन्। सोही क्रममा चैत्र २९ गतेदेखि नेपालको कान्छी भागवत वाचिका शुश्री अनुराधा पाण्डेयले श्रीमद्भागवत कथा प्रवचन गर्दै आएकी छन्। दिनहुँ कथामार्फत धर्म, ज्ञान र भक्ति सम्बन्धी दिब्य सन्देशहरू श्रद्धालुहरूमाझ फैलिरहेको छ।

आयोजकका अनुसार यो महायज्ञले सामाजिक सद्भाव, धार्मिक चेतना र आध्यात्मिक ऊर्जा अभिवृद्धि गर्न सहयोग पुर्‍याउनेछ। साथै, राष्ट्र, धर्म, संस्कार र संस्कृति प्रति श्रद्धा जागृत गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो।

भूमिपूजन समारोहमा सहभागी भई पुण्य प्राप्त गर्न सम्पूर्ण धर्मावलम्बी, श्रद्धालु एवं भक्तजनहरूलाई आयोजकले हार्दिक आमन्त्रण गरेको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology