१८ वर्ष पछि नवलपुर १ मा कांग्रेसको स्थानीय उम्मेदवार, शशांकको क्षेत्रमा आलेको उम्मेदवारी 

NAWALPUR TIMES

१८ वर्ष पछि नवलपुर १ मा कांग्रेसको स्थानीय उम्मेदवार, शशांकको क्षेत्रमा आलेको उम्मेदवारी 

कावासोती । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि नवलपुर क्षेत्र नं १ मा गजेन्द्र आले मगरलाई उम्मेदवार बनाएको छ ।

२०४८ देखि निरन्तर नेपाली कांग्रेस विजयी हुँदै आएको नवलपुर १ मा कांग्रेसका हेविवेट नेता शशांक कोइरालालाई पछि पार्दै आलेले टिकट हात पारेका हुन ।

२०६४ देखि यो क्षेत्रमा कांग्रेस नेता शशांक कोइरालाले जित्दै आएका थिए । १८ वर्ष पछि कांग्रेसले यो क्षेत्रमा स्थानीयलाई उम्मेदवार बनाएको हो ।

गैँडाकोट नगरपालिका–१२ निवासी आले नेपाली काँग्रेसका महासमिति सदस्य हुन्। उनी यसअघि २०७४ मा गैँडाकोट नगरपालिकाको मेयर पदको निर्वाचनमा उपविजेता बनेका थिए ।

आदिवासी जनजाति समुदायभित्र लोकप्रिय आलेले पार्टी संगठन विस्तार, स्थानीय समुदायसँग निरन्तर सम्पर्क र स्थानीय मुद्दामा सक्रिय भूमिका निभाउँदै आएका छन्। प्रारम्भिक राजनीतिक यात्रामा बिपीको संगतले पनि उनलाई स्थानीय राजनीतिमा परिचित बनाएको थियो।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology