गैँडाकोटको नतिजा ७६.३१ प्रतिशत, दुईवटा विद्यालयको नतिजा शुन्य

NAWALPUR TIMES
प्रकाशित : २०८२ असार १४ गते १६:४४
गैँडाकोटको नतिजा ७६.३१ प्रतिशत, दुईवटा विद्यालयको नतिजा शुन्य

कावासोती । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा अनुसार गैँडाकोट नगरपालिकाबाट माध्यामिक शिक्षा परीक्षा (एसइई)मा सहभागी भएका १ हजार १ सय २३ विद्यार्थी मध्ये ८ सय ५७ जना विद्यार्थी उतिर्ण भएका छ्न । शैक्षिकसत्र २०८० मा गैँडाकोटको नतिजा ५७.८ प्रतिशत थियो ।

यसै बिच शुक्रबार प्रकाशित नतिजा अनुसार गैँडाकोटकी एक जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएकी छिन । जनता माध्यमिक विद्यालय हर्कपुरकी अंकिता अधिकारीले ४ जिपिए ल्याएकी हुन ।

गैँडाकोटबाट शैक्षिकसत्र २०८१ मा १० वटा सामुदायिक, १३ वटा संस्थागत र १ वटा धार्मिक विद्यालयका १ हजार १ सय २३ सहभागी भएका भएका थिए ।

१० वटा संस्थागत विद्यालयबाट सहभागी ६ सय ८७ विद्यार्थी मध्ये ४ सय ६७ जना अर्थात ६९.९८ प्रतिशत विद्यार्थी उतिर्ण भएका हुन ।सामुदायिक तर्फ अमरज्योती माध्यमिक विद्यालय गैँडाकोट-१७ ले ८९.१९ प्रतिशत, रत्न राज्य लक्ष्मी माध्यमिक विद्यालयले ८८.४२ प्रतिशत र जनक माध्यमिक विद्यालयले ७५ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएका हुन ।

त्यसै गरि गैँडाकोटका १३ वटा संस्थागत विद्यालयबाट सहभागी भएका ४ सय ३६ विद्यार्थी मध्ये ३ सय ९० जना अर्थात ८९.४५ प्रतिशत विद्यार्थी उतिर्ण भएका हुन । संस्थागत तर्फ किडस होम एकेडमीले शत प्रतिशत, गैँडाकोट ईङ्ग्लिस स्कुलले ९८.०८ प्रतिशत र अमर ईङ्ग्लिस स्कुलले ९७.५६ प्रतिशत विद्यार्थी उतिर्ण गराउन सफल भएका हुन ।

यसै बिच गैडाकोटका दुई वटा विद्यालयको नतिजा शुन्य रहेको गैंदाकोट नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नतिजा शून्य हुने विद्यालयहरुमा बालज्योती माध्यमिक विद्यालय गैंडाकोट-१८ र श्रीमद रामानुज वेद विद्याश्रम रहेका छ्न । बाल ज्योती माध्यमिक विद्यालयबाट ११ जना र रामानुज वेद विद्याश्रम बाट १ जना विद्यार्थी परीक्षा मा सहभागी थिए ।

InShot 20250628 163841947

प्रकाशित : २०८२ असार १४ गते १६:४४

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI