कार्यतालिका संशोधन गरेर भए पनि तत्काल स्ववियु निर्वाचन गर्नु पर्छ : कांग्रेस सभापति जिसी

NAWALPUR TIMES

कार्यतालिका संशोधन गरेर भए पनि तत्काल स्ववियु निर्वाचन गर्नु पर्छ : कांग्रेस सभापति जिसी

कावासोती । नेपाली कांग्रेस नवलपुरका सभापति नवलपुरका सभापति महेन्द्रध्वज जिसीले कार्यतालिका संशोधन गरेर भए पनि जिल्लाका पब्लिक क्याम्पसमा तत्काल स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन पर्ने बताएका छ्न ।

“नेतृत्व उत्पादन हुने विद्यार्थीको हक अधिकार स्थापित गर्ने स्ववियु निर्वाचन स्थगित भएको कुरा आफैमा राम्रो होइन, आंगिक क्याम्पसको निर्देशिका देखाएर पब्लिक क्याम्पसको चुनाव रोक्नु लोकतान्त्रिक भएन”, नवलपुर टाईम्स सँगको कुराकानीमा सभापति जिसीले भने ।

स्वतन्त्र रुपमा विद्यार्थी संगठनलाई निर्वाचनमा भाग लिन पाउने वातावरण बनाउन पब्लिक क्याम्पस संघलाई जिसीले आग्रह गर्दै भने नेतृत्व उत्पादन हुने स्ववियु निर्वाचनको नयाँ कार्यतालिका तत्काल सार्वजनिक गर्नु पर्ने बताए ।

“कुन संगठनले हार्छ कुन संगठनले जित्छ त्यो गौण हो, नेतृत्व विकासलाई पनि निर्वाचन चाहिन्छ कुनै बहानामा निर्वाचन रोक्न पाईन्न” जिसीले भने ।

यसै बिच नेकपा एमालेका जिल्ला अध्यक्ष जीवन श्रेष्ठले पनि आफुहरुको पनि स्ववियु निर्वाचन हुनु पर्ने कुरामा विमती नरहेको बताए । “अनेरास्ववियुले तालालगाएर पब्लिक क्याम्पस संघले निर्वाचन स्थगित गरेको कुरा सन्चार माध्यमबाट सुने, अनेरास्ववियुको जिल्ला नेतृत्व सँग कुरा गर्दैछु”, उनले बताए ।

“नेकपा एमाले निर्वाचनको विपक्षमा छैन तर संगठनका केही कुरा हुन सक्छ्न त्यो विषयमा सत्ता सहयात्री दल कांग्रेसको जिल्ला नेतृत्वसँग पनि कुरा भएको छ, हामी निकास निकाल्छौ”,उनले भने ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology