कावासोती । चितवन राष्ट्रिय निकुञ्जको सौराहामा रहेको खोरसोर प्रजन्न केन्द्रमा हुर्किएका दुई हात्ती कतारको अलखोर चिडियाखानाका लागि बुधबार उडन भर्दै छ्न ।
खोरसोरमा हुर्किएका ७ वर्ष २ महिना कि रुद्रकली र ६ वर्ष १ महिनाको खगेन्द्रप्रसादलाई सोमबार निकुञ्जले सौराहा स्थित खोरसोर प्रजनन केन्द्रबाट बिदाई गरेको हो । खोरसोरबाट सोमबार बिदाई भएका रुद्रकली र खगेन्द्रप्रसादलाई ट्रकमा राखेर भैरहवा पठाईएको छ ।
१५ सय किलो तौलको रुद्रकली र १६ सय किलो तौलको खगेन्द्रप्रसादलाई नौ फिट अग्लो तीन टनको खोरमा राखेर ट्रक मार्फत भैरहवा पठाईएको हो ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तका अनुसार दुवै हात्तीहरु मंगलबार भैरहवा बस्नेछ्न । उनिहरुलाई भैरहवामा विशेष कार्यक्रम गरेर बुधबार कतारका लागि बिदाइ गरिने पन्तले बताए । दुवै हात्तीलाई खोर सहित कतारबाट आउने चार्टर विमानमा राखेर पठाइनेछ ।
२०८१ वैशाखमा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको दुई दिने राजकीय भ्रमणमा आउँदा नेपालले कतारलाई दुई वटा हात्ती उपहार दिने घोषणा गरेको थियो ।
निकुञ्जका कर्मचारीहरू नै कतारको अलखोर चिडियाखाना पुगेर हात्ती राख्न मिल्ने वा नमिल्ने विषयमा अध्ययन गरेर फर्केपछि अन्य हात्ती पठाउने प्रक्रिया सुरु गरेको निकुञ्जले कतार सरकारले तयारीहरू पूरा गरेपछि हात्तीको बिदाई गरेको हो । हात्ती सँगै रुद्रकलीका माहुते बुद्धि श्रेष्ठ र खगेन्द्रप्रसादका माहुते पाँचु खाँ थारू तथा पशु स्वास्थ्य प्राविधिक दिनेश ढकाल पनि सँगै कतार जाने प्रमुख संरक्षण अधिकृत डा. पन्तले बताए । हात्ती सँगै कतार जाने दुई माहुते र पशु प्राविधिक एक महिना कतार बसेर फर्केने छ्न ।
दुर्लभ तथा सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापारलाई नियन्त्रण र व्यवस्थापन गर्ने अन्तर्राष्ट्रिय महासन्धि (साइटिस) का प्रावधान र प्रक्रियाका वन्यजन्तु ओसारपसार गर्न बाधा पुग्ने भएको भए पनि यी दुई हात्ती घरपालुवा हात्ती भएकाले नेपालले सहजै पठाउन सक्ने भएको हो । साईटिस महासन्धि अनुसार हात्ती सहितका सूचीमा रहेका जीवजनावर र वनस्पतिको व्यापार नियन्त्रण गरिएको भए पनि चिडियाखानामा राख्ने प्रयोजनका लागि भने सम्बन्धित देशको व्यवस्थापन र नियमनकारी निकायको सिफारिसमा लैजान सक्ने प्रावधान रहेकाले यी दुवै हात्तीहरु कानुनी अवरोध विना कतार जान लागेका हुन ।
चितवन राष्ट्रिय निकुञ्जको सौराहा स्थित खोरसोर प्रजनन केन्द्रमा जन्मिएका रुद्रकली निकुञ्जको हात्ती पुजाकलीको र खगेन्द्रप्रसाद कोशीकलीको सन्तान हो । दुवैका पिता भने जङ्गली भाले हात्ती हुन् । निकुञ्जले हात्ती जन्मिए पछि साढे दुईदेखि तीन वर्षको उमेर बाट खोरसोर प्रजनन केन्द्रमा तालिम दिने गर्दछ ।
Facebook Comment