कावासोती । कालीगण्डकी करिडोरको डेढगाउँ खैरेनिमा कार र बस एक आपसमा ठोक्किदा ४ जना घाईते भएका छ्न ।
कालीगण्डकी करिडोरको बौदिकाली गाउँपालिका वडा नं ३ खैरेनी मा रामपुर देखि डेढँगाउ तर्फ आँउदै गरेको ग २ च ९५४६ नम्बरको कार र गैडाकोट देखि पाल्पा तर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१-००१ ख ०४३८ नम्बरको बस एक आपसमा ठोक्किएर भएका दुर्घटनामा ४ जना घाईते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा परेर कार चालक तनँहुको भिमाद नगरपालिका वडा नं ६ बस्ने विवेक शाह, पदमराज जोशी, जंगबहादुर राना र व्यास नगरपालिका वडा नं ५ का केशव रुचाल घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी मधु नेपालले जानकारी दिए ।
घाईतेहरुलाई उपचारको लागि रामपुर अस्पताल पठाईएको र बसका चालक संजय प्रसाईं प्रहरी नियन्त्रणमा रहेका प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८२ साउन १ गते २१:१४
Facebook Comment