कावासोती । मौलाकालिका गएर फर्किदै गरेको ब्रेक फेल भएर अटो पल्टिदा ४ जना घाईते भएका छ ।
नवलपुरको गैंडाकोट-३ चिसापानीमा मौलाकालीका मन्दिरबाट फर्कदै गरेको अटो ब्रेक फेल भएर सडकबाट १० मिटर तल खसेको हो ।
दुर्घटनामा परेर मध्यविन्दु-७ कि सरस्वती पौडेल, कविता पौडेल, कावासोती-१ कि गंगा कंडेल र अटो चालक गैंडाकोट-२ कि कमला ढकाल घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।
घाइतेहरुको गैंडाकोट सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८२ कार्तिक ८ गते १५:४४
Facebook Comment