चितुवाको छाला र हड्डी सहित ४ जना पक्राउ

NAWALPUR TIMES

चितुवाको छाला र हड्डी  सहित ४ जना पक्राउ

कावासोती । चितवन राष्ट्रिय निकुञ्जको टोलीले चितुवाको छाला र सहित ४ जनालाई पक्राउ गरेको छ । 

चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका कर्मचारी तथा निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको नयाँ गोरख गणको संयुक्त टोलीले सोमबार दिउँसो भरतपुर महानगरपालिका बड़ा नं २२ स्थित बनकट्टर चोक नजिकैबाट ४ जनालाई पक्राउ गरेको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए । 

पक्राउ परेकाहरु बाट चितुवाको छाला र हड्डी सहित आखेटोपहार बरामद भएको थापाले बताए । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अगाडी बढाइएको निकुञ्जले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology