शंकर पोलिक्लिनकमा फाेरडी अल्ट्रासाउन्ड सेवा सुरु

घनश्याम बगाले
प्रकाशित : २०८२ असार ७ गते २०:०२
शंकर पोलिक्लिनकमा फाेरडी अल्ट्रासाउन्ड सेवा सुरु

कावासोती । जिल्लामा क्रियाशील पत्रकारहरूकाे स्वास्थ्य परीक्षण गरेर शंकर पाेलिक्लिनक कावासातीले शनिबार देखि फाेरडी अल्ट्रासाउन्ड सेवा शुभारम्भ गरेकाे छ ।
जिल्लामै पहिलाे पटक फाेरडी सामसुङ मेसिनबाट २५ जना संचारकर्मीहरूकाे पेटकाे भिडियो एक्सरे गरि सेवा शुभारम्भ गरिएकाे थियाे ।

साेही क्रममा ५ जना पत्रकारले निशुल्क दन्त परीक्षण गराएकाे अस्पतालका संचालक शंकर खरालले बताए । स्वास्थ परीक्षण तथा फाेरडी भिडियाे एक्सरे सेवा शुभारम्भका अवसरमा कार्यक्रमका अध्यक्ष रेडियाेलाजिष्ट डा.अमित चाैधरीले फाेरडी सेवा टुडीकाे तुलनामा केही महङ्गो र उन्नत प्रविधि रहे पनि अस्पतालले सेवाग्राहीलाई सहज ढंगले गुणस्तरीय सेवा दिने बताए ।

साथै उनले भिडियाे एक्सरे सेवा अन्य किसिमका एक्सरेकाे तुलनामा बढी सुरक्षित रहेकाेले शरीरमा देखिने स्वास्थ्य समस्या पहिचानमा याे सेवा शिशु देखि सबैका लागि सहायक सिद्ध भएकाे बताए ।

युवा स्वास्थ्यकर्मी एवं समाजसेवी खरालले बिगत २ दशक देखि स्थानीय थकाली चाेकमा संचालन गर्दै आएकाे पाेलिक्लिनिकमा नविनतम सेवाका रूपमा फाेरडी अल्ट्रासाउन्ड वीथ एआई लगायत डेण्टल,डिजिटल एक्सरे, ल्याव,फार्फेसी, आकस्मिक तथा कन्सलट्यान्ट ओपिडी सेवा सुचारू रहेकाे बताइन्छ ।

कार्यक्रममा बरिस्ठ ल्याप्रेसकाेपी सर्जन डा.सूर्यज्याेति श्रेष्ठ, डेन्टल सर्जन डा. निकिता पिया,ओैषधी व्यवसायी संघ नवलपरासीका पूर्व अध्यक्ष कमल नारायण श्रेष्ठ लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रकाशित : २०८२ असार ७ गते २०:०२
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI