कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

NAWALPUR TIMES

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

कावासोती । तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टारस्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी भएको छ ।

विद्युत् चुहावटका कारण शिक्षालयको भण्डार कोठामा आज आगो लागेको र त्यसबाट आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पंखा जलेर क्षति भएको शिक्षालयका प्रमुख कृष्णबहादुर श्रेष्ठले जानकारी दिए ।

आज दिउँसो क्यान्टिनमा खाजा खाने समयमा भण्डार कोठाको झ्यालबाट धुँवा देखिएपछि शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीको सहकार्यमा अग्निनियन्त्रक प्रयोग गरी आगो निभाइएको उनले बताए ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology