कावासोती । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-१४ गङ्गाबस्तीस्थित अन्नपूर्ण पोल्ट्री फर्ममा आगलागी भएको छ। बुधबार राति भएको आगलागीमा परेर फर्ममा रहेका ५ हजार ७ सय वटा कुखुरा जलेर मरेका जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी वीरदत्त पन्तले बताए ।
आगलागी हुँदा प्यारेन्ट प्रजातिका ४ हजार ५ सय साना चल्ला र लेयर्स चल्ला १ हजार दुई सय वटा ठूला चल्ला जलेर मरेका छन्। विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको प्रहरीले जनाएको छ।
बर्दघाट नगरपालिकाको दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट फर्मको भौतिक संरचनामा समेत क्षति भएको छ।
प्रकाशित : २०८२ जेठ ३० गते ७:४८
Facebook Comment