गैडाकोटमा घरमा आगलागी, ८२ वर्षीया वृद्धाको ज्यान गयो

दीपक भट्टराई
प्रकाशित : २०८२ असोज १९ गते ९:५५
गैडाकोटमा घरमा आगलागी, ८२ वर्षीया वृद्धाको ज्यान गयो
fire 1

कावासोती । नवलपुरको गैडाकोट नगरपालिका–१० सम्झना चोकस्थित श्यामकुमारी श्रेष्ठको दुईतले घरमा आज बिहान आगलागी हुँदा वृद्धा श्रेष्ठको ज्यान गएको छ।

जिल्ला प्रहरी कार्यलय नवलपुरका अनुशार आज बिहान करिब ७ बजे श्रेष्ठको घरको तल्लो तलामा आगो लागेको थियाे ।

प्रहरीका अनुसार टोलीले प्रयासपछि बिहान ७:२५ बजेतिर आगो नियन्त्रणमा लिन सफल भएको हो। आगलागीको कारण भने अझै खुलेको छैन । आगोबाट घरधनी ८२ वर्षीया श्यामकुमारी श्रेष्ठको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान अघि बढाएको जनाएकाे छ

प्रकाशित : २०८२ असोज १९ गते ९:५५

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI