कावासोती । पश्चिम नवलपरासीको सुनवलमा एउटा कृषि फर्ममा बुधबार आगलागी भएको छ ।
विद्युत सर्ट हुँदा सुनवल नगरपालिका वडा नं १२ नारायण प्रसाद पाण्डेले सन्चालन गरेको एकीकृत कृषि फर्ममा आगलागी भएको पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका डीएसपी विरदत्त पन्तका अनुसार आगलागीबाट फर्ममा रहेको गहुँको भुस, जस्तापाता, काठ, गाई-भैंसीलाई खुवाउन राखिएको दाना, गिजर, पानी ट्यांकी जलेर नष्ट भएको छ ।
रामग्राम नगरपालिका र बर्दघाट नगरपालिकाको दमकल, स्थानीय र प्रहरीले करिब १ घण्टापछि आगलागी नियन्त्रणमा लिएका थिए ।
प्रकाशित : २०८२ साउन ८ गते १७:००
Facebook Comment