नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष सिग्देललाई पितृशोक

NAWALPUR TIMES
प्रकाशित : २०८१ फागुन १२ गते १८:२७
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष सिग्देललाई पितृशोक

कावसोती । नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष श्रीराम सिग्देललाई पितृशोक परेको छ ।

अध्यक्ष सिग्देलका पिता केशव प्रसाद सिग्देलको सोमबार दिउँसो ३:३५ बजे आफनै निवास कावासोती-८ मा निधन भएको हो । विगत केहि समय देखि दमको रोगबाट ग्रसित स्वर्गीय सिग्देलका २ छोरा र २ छोरी हुनुहुन्छ ।

स्वर्गीय सिग्देलको फागुन १३ गते मंगलबार बिहान ८ बजे कावासोती-१३ स्थित भोसरघाटमा अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

यसै बिच नेपाल पत्रकार महासंघ नवलपुर शाखाले स्वर्गीय सिग्देलको निधन प्रति दु:ख व्यक्त गरेको छ । शाखाका सचिब आशिष् रेग्मीले शोक विज्ञप्ति जारी गर्दै स्वर्गीय सिग्देल प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै चिरशान्तिको कामना सहित परिवारजनमा समवेदना व्यक्त गरेका छ्न ।

samabedana

यसै गरि स्वर्गीय सिग्देलको निधन प्रति नेपाल प्रेस युनियन नवलपुरले पनि शोक विज्ञप्ति जारी गर्दै दु:ख व्यक्त गरेको छ । अध्यक्ष खगराज सापकोटाले विज्ञप्ति मार्फत स्वर्गीय सिग्देल प्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै चिरशान्तिको कामना सहित परिवारजनमा समवेदना व्यक्त गरेका छ्न ।

प्रकाशित : २०८१ फागुन १२ गते १८:२७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI