हुप्सेकोटमा छोराको कुटपिटबाट बुबाको मृत्यु

दिपेन्द्र रेग्मी
प्रकाशित : २०८२ मंसिर १० गते १०:३३
हुप्सेकोटमा छोराको कुटपिटबाट बुबाको मृत्यु

कावासोती । हुप्सेकोटमा छोराको कुटपिटबाट बुबाको मृत्यु भएको छ ।

नवलपुरको हुप्सेकोट गाउँपालिका–१, जुगेपानीमा छोराको कुटपिटबाट ६० वर्षीय राम बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायव उपरीक्षक मधु नेपालले बताए ।

तीस वर्षीय छोरा सन्त कुमार विकले घरायसी विवादको कारण झगडा हुँदा गएराति बुबालाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भिर घाइते बुबाको उपचारको क्रममा राति मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा ज्यान गएको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए ।

प्रहरीका अनुसार बुबालाई कुटपिट गर्ने छोरा सन्त कुमार बिक प्रहरी नियन्त्रणमा रहेका छ्न ।

प्रकाशित : २०८२ मंसिर १० गते १०:३३
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI