असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य, कति लाग्छ खर्च?

NAWALPUR TIMES

असोज १ देखि सवारी साधनमा इम्बोस्ड नम्बर अनिवार्य, कति लाग्छ खर्च?

कावासोती । यातायात व्यवस्था विभागले आगामी असोज १ गतेदेखि सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भएको छ।

विभागले सूचना जारी गर्दै हालसम्म सामान्य नम्बर प्लेट प्रयोग गरिरहेका सवारी साधन धनीलाई उच्च प्रविधि जडित इम्बोस्ड नम्बर प्लेट जाडान गर्न अनुरोध गरेको छ।

गएको साउन २० गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको विषयगत समितिको बैठकले सबै प्रदेशमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय गरेको थियो।

आगामी असोज १ गतेदेखि सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्यरुपमा इम्बोस्ड नम्बर जडान गर्नुपर्ने यातायात व्यवस्था विभागले जनाएको छ।

विभागका अनुसार इम्बोस्ड नम्बर राख्दा मोटरसाइकललाई २ हजार ५ सय, तीन पांग्रे सवारीलाई २९ सय, चारपांग्रे सवारीलाई ३२ सय र हेभी सवारीलाई ३६ सय रुपैयाँ तोकिएको छ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology