दाउन्ने बजारमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका ११ टहरा भत्काइए

दाउन्ने बजारमा वन क्षेत्र अतिक्रमण गरी बनाइएका ११ टहरा भत्काइए

नवलपुर, पौष ८ —
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ अन्तर्गत दाउन्ने बजार क्षेत्रमा राष्ट्रिय वन अतिक्रमण गरी निर्माण गरिएका टिनका टहराहरू आज हटाइएको छ।

पूर्व–पश्चिम राजमार्गको छेउछाउमा वन क्षेत्र मिचेर घर, टहरा तथा होटल सञ्चालन हुँदै आएको पाइएपछि वन संरक्षणलाई मध्यनजर गर्दै डिभिजन वन कार्यालय नवलपुर (पूर्व) को नेतृत्वमा टहरा हटाउने अभियान सञ्चालन गरिएको हो।

डिभिजन वन कार्यालयका अनुसार वन क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएका ११ वटा टिनका टहराहरू भत्काइएको छ। अभियानमा वन अधिकृतको नेतृत्वमा सशस्त्र प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो।

Messenger creation 9C883D6C 6D53 445C A39E 4983895D3A05

डिभिजन वन कार्यालयले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउने कार्य आगामी दिनमा पनि निरन्तर जारी रहने स्पष्ट पारेको छ। साथै वन क्षेत्र अतिक्रमण नगर्न र प्रचलित कानुनको पालना गर्न स्थानीयवासी तथा व्यवसायीहरूलाई आग्रह गरिएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology