भाग्योदयका संस्थापक प्रअ अधिकारीको ३०औँ स्मृति दिवसमा शैक्षिक सामग्री वितरण

NAWALPUR TIMES

भाग्योदयका संस्थापक प्रअ अधिकारीको ३०औँ स्मृति दिवसमा शैक्षिक सामग्री वितरण
No ads found for this position
No ads found for this position

 गैंडाकोट । गैंडाकोट नगरपालिका वडा नम्बर – ६ स्थित भाग्योदय प्राथमिक विद्यालयका संस्थापक प्रधानाध्यापक स्व. जगदीश अधिकारीको ३०औँ स्मृति दिवसको अवसरमा विद्यालयमा रहेका १०० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

सो अवसरमा अधिकारीको नाममा स्थापना गरिएको अक्षयकोषमा यस वर्ष उनका ज्येष्ठ सुपुत्र सुजन अधिकारीले १० हजार रुपैयाँ थप गरेका छन् । विद्यालय व्यवस्थापन समिति र लायन्स क्लब अफ चितवन वाङमयको संयुक्त आयोजनामा भएको कार्यक्रमका प्रमुख अतिथि लायन्स इन्टरनेसनल ३२५ आर का फर्स्ट भिडिजी एमजेएफ लाइन प्रभाकर पण्डित रहेका थिए । उक्त सभामा गैंडाकोट वडा नम्बर – ६ का वडाध्यक्ष सुवास चापागाईं, गैंडाकोट नगरपालिकाका संस्थापक मेयर छत्रराज पौडेल विशेष अतिथिका रूपमा उपस्थित भएका थिए । लायन्स लिडरहरू राजेन्द्र गौतम, गोपालप्रसाद गौतम, सुवास भट्टराई, पत्रकारद्वय सूर्यप्रकाश कँडेल, लेखराम सापकोटा, समाजसेवीहरू नरहरि सापकोटा, मनोहरि अधिकारी, जिरामान श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Untitled

कार्यक्रममा प्रमुख अतिथि प्रभाकर पण्डितले स्व. जगदीश अधिकारीजस्ता शिक्षकहरूले दिएको योगदानकै कारण ग्रामीण भेगमा शिक्षा जरा गाड्न सफल भएको बताउँदै शैक्षिक सामग्री मात्र नभई नैतिक मूल्य र जीवनमा शिक्षा कस्तो हुनुपर्छ भन्ने प्रेरणा पनि बालबालिकाले लिन आवश्यक भएको बताए । त्यस्तै वडा अध्यक्ष सुवास चापागाईंले विद्यालयलाई सक्षम बनाउन सामुदायिक सहयोग अपरिहार्य रहेको भनाई राख्दै परिवारले अक्षयकोषलाई निरन्तरता दिँदै आउनु प्रशंसनीय बताउँदै नगरपालिकाको तर्फबाट पनि यस विद्यालयलाई आवश्यक सहयोगका लागि पहल गरिने जानकारी दिए ।

कार्यक्रममा वक्ताहरूले स्व. अधिकारीको व्यक्तित्व, शिक्षाप्रतिको लगाव र योगदानबारे स्मरण गरेका थिए। स्थापना कालदेखि निरन्तर सञ्चालित अक्षयकोषबाट प्राप्त ब्याजको आयमा प्रत्येक वर्ष विद्यार्थीलाई शैक्षिक सामग्री वितरण हुँदै आएको छ। यस वर्ष लायन्स क्लब अफ चितवन वाङमयले समेत विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक पुस्तकहरू समेत समेत वितरण गरेको छ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायण सापकोटा र लायन्स क्लब अफ वाङमय चितवनका अध्यक्ष राजेन्द्र पौडेलको सह-अध्यक्षतामा सम्पन्न भएको हो । विद्यालयका प्रधानाध्यापक डिल्लिप्रसाद अम्बईले कार्यक्रमको सहजीकरण गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

No ads found for this position
No ads found for this position

थप समाचार

No ads found for this position
No ads found for this position

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Site By: Genesiswtech.com