दाउन्नेमा पहिरो खस्दा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

NAWALPUR TIMES

दाउन्नेमा पहिरो खस्दा पुर्व पश्चिम राजमार्ग अवरुद्ध

कावासोती । लगातार परिरहेको पानीको कारण पुर्व पश्चिम राजमार्गको नारायणघाट बुटवल खण्डमा पर्ने दाउन्नेमा पहिरो खस्दा सडक पुर्ण रुपमा अवरुद्ध भएको छ ।

विनयी त्रिवेणी गाउँपालिका वडा नं २ म रहेको विश्वकर्मा बाबाको मन्दिर नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

यस अघि वर्षाका कारण सडक हिलाम्य भएपछि नवलपुरको दाउन्नेमा सवारी एकतर्फी सन्चालनमा आएको थियो । सोमबार दिउँसो पहिरो खसेपछी सडक दुवै तर्फ अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

लगातार पानी परिरहेकाले पहिरो पन्छाएर यातायात सन्चालन गर्न समय लाग्ने प्रहरीले जनाएको छ ।

थप समाचार

Copyright © 2026 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology