कावासोती । नवलपुरको गैँडाकोट नगरपालिका–३ स्थित कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ । हिउँदे खोलामा माथिबाट सुख्खा पहिरो झरेका कारण करिडोर पूर्ण रुपमा अवरद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालका अनुसार बैकल्पिक मार्गका रुपमा रहेको यो सडक खण्ड बिहान साढे ११ बजेदेखि पूर्ण रुपमा बन्द भएको हो । अवरोध हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी रहेको उहाँले बताए ।
गैँडाकोट हुँदै पाल्पा पुग्ने यो सडक अवरुद्ध हुँदा वैकल्पिक मार्ग प्रयोग गर्ने यात्रुहरुले समस्या भोगिरहेका छन् । नारायणघाट–बुटबल सडक खण्ड अन्तर्गत दाउन्नेमा अवरोध हुन सक्ने भन्दै यात्रुले कोरिडोरको बाटो प्रयोग गर्ने गरेका छन् । दाउन्ने खण्डमा भने निर्वाध गाडी चलिरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८२ साउन ७ गते १२:५७
Facebook Comment