कावासोती । नवलपुर जिल्ला अदालतमा सबैभन्दा धेरै सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएका छन् ।
नवलपुर जिल्ला अदालतमा अघिल्लो बर्षको बाँकी रहेका ४४९ वटा मुद्दा र आर्थिक बर्ष २०८१/०८२ मा नयाँ दर्ता भएका १ हजार ३ सय ५३ वटा गरी १ हजार ८ सय २ वटा मुद्दा दर्ता भएका मध्ये सम्बन्ध विच्छेदका मात्रै मुद्दा ६ सय ४३ वटा रहेका छन् ।
नवलपुर जिल्ला अदालतका स्रेष्तेदार गम्भीर घिमिरेका अनुसार अदालतमा आएका यस्ता सम्बन्ध विच्छेदका मुद्दालाई सकेसम्म श्रीमान श्रीमतीबीच छलफल गराएर पुनमिर्लन गरेर पठाउने गरिएको छ । नवलपुर जिल्ला अदालतको तथ्यांक अनुसार जिल्ला अदालतमा दर्ता भएका मुद्दा मध्ये १ तिहाई भन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका आउने गरेको हो ।
यसैबीच नवलपुर जिल्ला अदालतमा अघिल्लो आर्थिक बर्ष २०८०/०८१ को बाँकी रहेका ४ सय २६ वटा मुद्दा र आर्थिक बर्ष २०८१/०८२ मा दर्ता भएका ८ सय ७६ वटा मुद्दा गरी १ हजार ३ सय २ वटा मुद्दा आर्थिक बर्ष २०८१/०८२ मा पछर््यौट भएको नवलपुर जिल्ला अदालतका न्यायाधिश कमल प्रसाद ज्ञवालीले जानकारी दिए ।
नवलपुर जिल्ला अदालतमा आर्थिक बर्ष २०८१/०८२ मा अघिल्लो आ.वको बाँकी ४ सय ४९ वटा नयाँ दर्ता १ हजार ३ सय ५३ वटा गरी १ हजार ८ सय २ वटा मुद्दा रहेका थिए । ति मध्ये १ हजार ३ सय २ वटा मुद्दाको फैसाला भएको न्यायाधिश कमलप्रसाद ज्ञवालीले बताए । उनका अनुसार जिल्ला अदालत नवलपुरले यस बर्ष १ हजार ३ सय १५ वटा मुद्दा फैसाला गर्ने लक्ष्य राखेको थियो ।
नवलपुर जिल्ला अदालतमा दर्ता भएका मुद्दाहरु मध्ये गत बर्षको २३ वटा र आर्थिक बर्ष २०८१/०८२ मा दर्ता भएका मध्ये ४ सय ७७ वटा गरी ५ सय वटा मुद्दा फैसाला हुन बाँकी रहेको छ ।
फैसाला हुँन बाँकी मुद्दाहरु मध्ये सरल किसिमका मुद्दा २३२ वटा, सामान्य किसिमका मुद्दा २ सय ५३ वटा र विशेष प्रकाशका मुद्दा १५ वटा गरी ५ सय वटा मुद्दा फैसाला हुन बाँकी रहेको उनले बताए ।
प्रकाशित : २०८२ साउन २२ गते ८:२६
Facebook Comment