चिसो र शीतलहर बढेपछि देवचुली नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह

चिसो र शीतलहर बढेपछि देवचुली नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह

नवलपुर, पौष १३ —
नवलपुरको देवचुली नगरपालिकाले बढ्दो चिसो र शीतलहरका कारण नगरवासीलाई लक्षित गर्दै सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेकाे छ

पछिल्ला दिनहरूमा चिसो अत्यधिक बढेकाले बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीहरू बढी जोखिममा पर्ने भन्दै सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको हो ।
नगरपालिकाले  आज जारी गरेको सूचनामा न्यानो कपडा प्रयोग गर्न, तातो तथा झोलिलो खानेकुरा खान र बिहान तथा बेलुका चिसो बढी हुने समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कन अनुरोध गरिएको छ। साथै बालबालिका, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र बिरामीलाई परिवारले विशेष ध्यान दिई न्यानो स्थानमा राख्न आग्रह गरिएको छ।

Messenger creation 244E5B55 34FE 481B 8C31 1BFBC41330A4
बन्द कोठामा आगो, हिटर वा मकल बाल्दा सावधानी अपनाउनुपर्ने तथा कोठाभित्र दोहोरो हावाको व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ। शीतलहरको समयमा सुरक्षित स्थानमा आगो ताप्ने, शरीर न्यानो राख्ने र विशेष गरी छाती तथा टाउकोलाई राम्रोसँग ढाक्न नगरपालिकाले सुझाव दिएको छ।

चिसोका कारण बिरामी भएमा नजिकको स्वास्थ्य संस्थामा तुरुन्त सम्पर्क गरी उपचार गराउन पनि नगरपालिकाले अनुरोध गरेको छ। देवचुली नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा सबै नगरवासीलाई चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology