कावासोती । नवलपुरको कावासोती-८मा पर्ने खरकट्टा जंगलमा रोकि राखेको टिप्परमा मोटरसाइकल ठोक्किदा गम्भीर घाईते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार शनिबार राति ९:१५ को समयमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको ना.३८.प १२७५ नं. मोटरसाइकल सडकमा बिग्रेर रोकि राखेको लु २ ख ४१६६ नं को टिप्परमा ठोक्किएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा चालक देवचुली-१६ का केशव महतोलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याएको थियो । अस्पताल पुग्न साथ उनलाई चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।
प्रकाशित : २०८१ फागुन ४ गते ०:०६
Facebook Comment