भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

NAWALPUR TIMES
प्रकाशित : २०८२ भदौ ११ गते १४:०१
भारतबाट ल्याइएको मुर्रा राँगो भ्यागुते रोगले मर्‍यो

कावासोती । भ्यागुते रोगका कारण मुर्रा राँगो मरेको छ । साउन १७ गतेदेखि बिरामी रहेको मुर्रा साउन ३० गते मरेको राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखराले जानकारी दिएको हो ।

कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. महेन्द्र मल्लका अनुसार भ्यागुते रोगका कारण मुर्रा मरेको हो । कसरी मुर्रा मर्‍यो भनेर कृषि मन्त्रालयका सहसचिव डा. पशुपति ढुंगानाको संयोजकत्वमा भएको टोलीले पनि जाँचबुझ गरेको छ । पोष्टमार्टम रिपोर्टमा नै भ्यागुते रोग लागेको भेटिएको मल्लले बताए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा भारत भ्रमणमा जाँदा १५ वटा मुर्रा राँगा उपहार दिइएको थियो । यी राँगाहरू भारतबाट ०८० मंसिर ६ गते बाँके जिल्ला जमुनाहा नाका हुँदै नेपाल भित्रिएका थिए ।

भारतबाट प्राप्त भएका १५ वटा राँगाहरु राष्ट्रिय पशु प्रजनन् कार्यालय, पोखरामा ७, राष्ट्रिय पशु प्रजनन् कार्यालय, लहानमा पाँच र राष्ट्रिय पशु प्रजनन् कार्यालय, नेपालगन्जमा तीनवटा राखिएको थियो ।

प्रकाशित : २०८२ भदौ ११ गते १४:०१
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI