नारायणीमा ४ दिनदेखि वेपत्ता किशोर मृत भेटिए, त्रिवेणीमा अर्को शव फेला

NAWALPUR TIMES
प्रकाशित : २०८२ साउन १८ गते १८:२६
नारायणीमा ४ दिनदेखि वेपत्ता किशोर मृत भेटिए, त्रिवेणीमा अर्को शव फेला
Dead 1561007018

कावासोती ।  चार दिन अघि नारायणी नदी पुलबाट हाम फालेर वेपत्ता भएका गैडाकोट २ कुसुमघाट निवासी १५ बर्षीय किशोर आदेश श्रेष्ठको शव आज फेला परेको छ ।

गैडाकोट नगरपालिका ७ गैरी स्थित नारायणी नदी किनारमा उनको शव विहान १० बजेतिर भेटिएको नवलपुर प्रहरीले जनाएको छ । उनको शव भरतपुर स्थित सरकारी अस्पतालमा पोष्टमार्टमका लागि पठाइएको छ ।

ति किशोर साईकल र चप्पल पुलमा छोडि नदीमा हाम फालेका थिए ।
कक्षा ९ मा अध्ययनरत १५ बर्षीय आदेश श्रेष्ठका मामाका अनुसार उनी विहानै घरबाट कसैलाई केही नभनी निस्केका थिए । उनका बुवा, आमा र दाजु जापानमा बस्दै आएको खुलेको प्रहरीले जनाएको छ ।

सोही दिन राति नारायणी नदीमा नारायणी पुलबाट हाम फालि वेपत्ता भएका नुवाकोट जिल्लाको साविक हलदेब गाविस वार्ड नं १ स्थायी घर भएका ५९ बर्षीय मिठा गिरी अझै फेला परेका छैनन् ।

त्यसैगरी आज विहान नवलपुर जिल्लाको विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणी ब्यारेज पुलमा एक जना अन्दाजी ३० बर्षीय पुरुषको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार ब्यारेज पुलको ३२ नम्बर ढोकामा पुरुषको शव फेला परेको हो ।

प्रकाशित : २०८२ साउन १८ गते १८:२६
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI