समता शिक्षा निकेतन कावासोतीको दशैंमा दक्षिणा कार्यक्रम

शारदा झेंडि मगर
प्रकाशित : २०८२ असोज ११ गते २१:०९
समता शिक्षा निकेतन कावासोतीको दशैंमा दक्षिणा कार्यक्रम

कावासोती : समता शिक्षा निकेतन कावासोतीले दशैं पर्वको उपलक्षमा कक्षा नर्सरी देखी कक्षा १० सम्मका सबै बिद्यार्थीहरूलाई टिका लगाईदिएर दक्षिणा प्रदान गरेको छ । दशैको अवसरमा विद्यालय बन्द हुने दिनको अवसर पारेर शुक्रबार टीका जमरा सहित दक्षिणामा नगद प्रदान गरेको प्राचार्य महेश भुर्तेलले बताए ।

Messenger creation 06CF1A0C D005 4F56 B407 5319CC1685C4

विद्यालयले दक्षिणा सहित चिट्टा प्रणालीबाट स्कुल ड्रेस, कपी कलम , ज्यामेट्री बक्स, खेलकुद सामाग्रीहरू बितरण गर्दै, शिक्षक अभिभावकहरूसंग शुभकामना साटासाट समेत गरेको उनले बताए । न्यून शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको समताले नयाँ भवन निर्माण पस्चात अत्याधुनिक डिजिटल प्रबिधी , सुबिधा सम्पन्न कक्षाकोठाहरू, म्युजिक डान्स कक्षाहरू, ए सी रूमहरू सहित बिबिध खेलहरूकालागी खेलमैदान, करेसाबारी सहित आकर्षक बिद्यालय संरचनामा स्कुल संचालन गर्दै आएको छ । गुणस्तरीय शिक्षाका लागि अब्बल सावित भएको समताले श थोरै रकमा दैनिक १६ घन्टा बिद्यार्थीहरूलाई स्कुलमै निगरीनी गर्दै पठन पाठन गर्दै आएको भुर्तेलले बताए ।

 

यसै क्रममा समता स्कुलका संस्थापक उत्तम संजेलले समता स्कुल नितान्त गैरनाफामुलक स्कुल रहेको र यसमा कोहीपनी कलाकार, ब्यापारी, उद्धोगपतिहरूको लगानी नरहेको बताए । उनले हुनेले फिस तिरेर पढाऊने र नहुनेले निशुल्क पढाउन पाऊने स्कुल देशमा समता स्कुल मात्र रहेको बताए ।

प्रकाशित : २०८२ असोज ११ गते २१:०९

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI