कावासोती । देवचुलीको दलदलेमा शुक्रबार बिहान भएको दुर्घटनामा ३ जना घाईते भएका छ्न ।
ट्रकलाई बसले ओभरटयाक गर्ने क्रममा बस र मोटरसाइकल ठक्कर खाँदा बसका सहचालक सहित मोटरसाइकलमा सवार २ जना गरि ३ जना घाईते भएका नवलपुर प्रहरीले जनाएको छ । घाईते मध्य एक जनाको अवस्था गम्भीर रहेको छ ।
भैरहवाबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र.०३-००१ख ३५३४ नं.को ट्रकलाई सोही दिशा तर्फ जाँदै गरेको लु २ ख ६४३३ नं.को बसले ओभरटयाक गर्ने क्रममा विपरित दिशाबाट आउँदै गरेको ग.प्र.०४-००१ प २२८२ नं.को मोटरसाईकललाई समेत ठक्कर दिएको थियो ।
बसले ट्रकलाई ओभरटयाक गर्ने क्रममा बसका सहचालक पाल्पा घर भएका रमेश रानाभाट गम्भीर घाईते भएका छ्न । प्रहरीका अनुसार मोटरसाइकलमा सवार देवचुली-१ का विशाल अर्याल र करिश्मा तिवारी पनि घाईते भएका छ्न । मोटरसाइकलमा सवार यात्रुको अवस्था मध्यम रहेको भए पनि बसका सहचालक रानाभाट गम्भीर घाईते रहेका प्रहरीले जनाएको छ ।
उनिहरुलाई उपचारको लागि चितवन मेडिकल कलेज पठाईएको छ
प्रकाशित : २०८१ चैत २८ गते १०:३०
Facebook Comment