नवलपुरमानै पहिलो पटक सिटिस्क्यान सेवा सुरु

रमेश बस्ताकोटी
प्रकाशित : २०८१ फागुन १९ गते २०:३७
नवलपुरमानै पहिलो पटक सिटिस्क्यान सेवा सुरु

कावासोती । नवलपुर जिल्लामानै पहिलो पटक सिटिस्क्यान सेवा सुरु भएको छ । कावासोती नगरपालिका वडा नम्बर ८ कालीगण्डकीचोक बाट सेवा प्रवाह गर्ने गरि सो सेवा सुरु भएको हो । कावासोती ईमेजिङ्ग एण्ड डायग्नोस्टिक सोलुसन्स प्रालिले यो सेवा कावासोतीमा पहिलो पटक सुरु गरेको कम्पनीका कार्यकारी अध्यक्ष तेजप्रसाद ओझाले बताए । हामीले पहिलो पटक जोखिम मोलेरनै भएपनि यो सेवा सुरु गरेका छौं , यसले यहाँका नागरिकहरुलाई भरतपुर धाउनुपर्ने बाध्यताबाट मुक्ती मिल्छ । ओझाले भने । नवलपुरमा अहिले सम्म पनि सिटीस्क्यान एमआरआई लगायतका सेवा थिएन । जसका कारण धेरैजसो बिरामीहरुलाई चितवन , काठमाडौ या अन्यत्र जानुपर्ने बाध्यता थियो ।

Messenger creation 5B4D1270 AE5D 449A B7B2 D346B0D830C6
कार्यकारी अध्यक्षले ओझाले हेल्थकिएर जर्मनीको अत्याधुनिक सिटस्क्यिान मेसिनबाट सेवा सुरु गरेको बताए । उनले भने , हामीले गुणस्तरमा कुनै सम्झौता गर्देनौं , अरु जिल्लामा जस्तै उहि गुणस्तरको सेवा दिन प्रतिबद्ध छौं । बिरामीले तिर्नुपर्ने शुल्क समेत अरु जिल्लामा जस्तै समान छ । पहिलो चरणमा सिटीस्क्यान सेवा गरेको कम्पनीले डिजिटल एक्सरे , अल्ट्रासाउण्ड र एमआरआई सेवा सुरु गर्ने लक्ष लिएको ओझाले बताए ।

Messenger creation 8C5413FF 7573 413E 8AA1 CED946038CD1

४ करोड ५० लाख रुपैया लगानी गरेर सुरु गरेको यो सेवा ३० जनाको लगानी छ । बिशेषज्ञ चिकित्सक डा अनिश आचार्यले नियमित सेवा प्रदान गर्ने गरि डा सुवास ओझा , डा बिज्ञान पौडेल डा. कृपेश थापा र डा रविन शर्माले बिहान बेलुका तथा अन कल सेवा प्रदान गर्ने ओझाले बताए ।

प्रकाशित : २०८१ फागुन १९ गते २०:३७
Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI