कावासोती । १८ महिनामा निर्माण सम्पन्न गर्ने गरि देवचुली-१७ मा ट्रमा सेन्टरको निर्माणको काम सुरु भएको छ ।
जग्गाको भोगाधिकार प्राप्त भएको १ वर्ष पछि ट्रमा सेन्टरको निर्माणको काम सुरु भएको हो । मन्त्री परिषदको २०८१साउन १४ गते बसेको बैंठकले देवचुली नगरपालिका वडा नं १७ मा रहेको झराही सामुदायिक वनको २ हेक्टर जग्गामा ट्रमा सेन्टर बनाउन दिने गरि मन्त्री परिषदले भोगाधिकार दिने निर्णय गरको एक वर्ष पछि सघन सहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरले ठेक्का आवह्वान गरेको थियो ।
ठेक्का प्रक्रियाबाट भरतपुरको बिबिएस जेभिले निर्माणको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण आयोजना भरतपुरका प्रमुख झपट थापाले बताए । १४ करोड ८२ लाख लागत अनुमान गरिएको योजना बिबिएस जेभिले प्रतिस्पर्धाका आधारमा १० करोड ३५ लाखमा निर्माण सम्पन्न गर्ने गरि ठेक्का हात पारेको थियो ।

१८ महिनामा काम सम्पन्न गर्ने शर्तमा २०८२ असार ३० गते निर्माण कम्पनी बिबिएस जेभी भरतपुरसँग सम्झौता भएको प्रमुख थापाले बताए । ।
जग्गा प्राप्ति र भोगाधिकारका लागि लामो समय लागेको ट्रमा सेन्टरको निर्माण सुरु भए पछि नवलपुरका जनतालाई विगत १५ वर्ष देखि ट्रमा सेन्टरका लागि देखाएको सपनाले अब मुर्त रुप लिन लागेको नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य डा.शशांक कोइरालाले बताए । उपयुक्त जग्गाको छनौट नहुदा हरेक वर्ष जसो विनियोजन भएको बजेट फृज भएको सम्झ्दै कोइरालाले भने “जग्गा छनौट पछि कानुनी अडचन र प्रक्रियागत कुरा मिलाउदा भोगाधिकार प्राप्त गर्न समय लाग्यो ।” जग्गा छनौट गरेर भोगाधिकार प्राप्त गर्ने बेला सम्म देवचुली नगरपालिकाले ठूलो सहयोग पुर्याएको सम्झदै कोइरालाले भने “जग्गा छनौट पछी वन मन्त्री ऐनबहादुर शाहीले मन्त्री परिषदमा प्रस्ताव लगे सँगै भोगाधिकार प्राप्त भयो त्यसपछी हामी स्रोत सुनिश्चितता गर्न तर्फ लाग्यौ ।” भोगाधिकार प्राप्त भए पछि देवचुली नगरपालिका सट्टा भर्ना बापत १ करोड ६० लाख नेपाल सरकारलाई बुझाएको थियो ।

ट्रमा सेन्टरको भोगाधिकार अगाडी डा.कोईरालाको पहलमा ट्रमा सेन्टरलाई योजना आयोगको २०८० फागुन ६ गतेको बैठकले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको रुपमा निर्धारण गरेको थियो । “राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना नहुदा सम्म बजेटको स्रोत सुनिश्चिततमा समेत समस्या थियो, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण भए पछि स्रोत सुनिश्चितता लगाएतका काम सहज हुँदै गयो”, कोइरालाले भने ।
कोईरालाले नवलपुरमा पहिलो पल्ट निर्वाचन लडन आएका बेला यहाँ एउटा ट्रमा सेन्टर बनाउने बाचा गरेका थिए । अहिले आएर विभिन्न निकायको सहयोगमा त्यो बाचा पूरा हुने बाटोमा रहेको कोईराला बताउछ्न । “भवन बनाएर मात्रै हुदैन यसलाई सन्चालनका लागि अरु थुप्रै व्यवस्थापन गर्न जरुरी छ, जसका लागी म निरन्तर लागिरहन्छु”, कोईरालाले भने ।
ट्रमा सेन्टरका लागि मन्त्री परिषदको गत वर्षको साउन १४ गते बसेक बैंठकले देवचुली नगरपालिका वडा नं १७ मा रहेको झराही सामुदायिक वनको २ हेक्टर जग्गामा ट्रमा सेन्टर बनाउन दिने गरि मन्त्री परिषदले भोगाधिकार दिने निर्णय गरेको थियो ।मन्त्री परिषदको निर्णय अनुसार उक्त वन क्षेत्रमा विभिन्न प्रजातिका ६ सय ४६ वटा रुख,पोल काटन अनुमती थियो । रुख कटान सकिएर यति बेला ट्रमा सेन्टरमा निर्माण कम्पनीले भवनको जग खन्न सुरु गरेको छ ।
प्रकाशित : २०८२ भदौ ८ गते १७:२८
Facebook Comment