२९ वटा पुलको काम सकियो, वर्षा अगाडिनै विनयी खोलाको पुल सन्चालनमा आउने

NAWALPUR TIMES

२९ वटा पुलको काम सकियो, वर्षा अगाडिनै विनयी खोलाको पुल सन्चालनमा आउने

कावासोती । नारायणघाट बुटवल सडकको पुर्वी खण्ड अर्थात गैँडाकोट दाउन्ने खण्डको ६४ किलोमीटर सडकमा २९ वटा पुल निर्माणको काम सकिएको छ ।

सडक बिस्तारको कामलाई तिब्रता दिएको निर्माण कम्पनीले सडक सँगै पुलहरुको कामलाई समेत तिब्रता दिएको हो ।

आयोजना निर्देशनालयको पुर्वी खण्डका सुचना अधिकारी ईन्जिनियर शिव खनालका अनुसार पुर्वी खण्डमा रहेका साना र ठुला गरेर ३४ पुल मध्य २९ वटामा काम सकिएको हो ।

सूचना अधिकारी खनालका अनुसार पुर्वी खण्डमा रहेका २२ छोटा र १२ लामा गरि ३४ वटा पुलमा नै काम चलिरहेको हो । गत पौष २६ गते ओभरलोड ट्रकका कारण भाचिएको दुम्किबासमा रहेको विनयी खोलाको पुललाई भने यति बेला प्राथमिकता दिएर निर्माण कम्पनीले काम गरिरहेको खनालले बताए ।

यो पुल भाँचिए पछि डाइभर्सनबाट सवारी सञ्चालन भइरहेको छ । जसका कारण यात्रुले घुमाउरो र धुलाम्मे खोलाको बाटो हिँड्नुपर्ने बाध्यता छ । आउँदो वर्खासम्म यो पुल निर्माण नहुने हो भने यो सडक खण्डको यात्रा नै प्रभावित हुने भएकाले अहिले यो पुलमाक केन्द्रित भएर काम भैरहेको खनाले बताए ।
“दुई सय मिटर लामा तीन वटा पुल मध्य अहिले हामी विनयी खोलामा केन्द्रित छौँ, ढिलोमा जेठ पहिलो हप्तामा नयाँ पुलको काम सकेर सवारी चलाउने लक्ष्यका साथ काम भैरहेको छ”, खनालले भने । यो पुलको ४ वटा स्पानको काम बाकी रहेको छ । पुलको बिम राखे पछि ढलानको गरिने खनालले जानकारी दिए । आगामी असार अगाडी गिरुवारी खोला र अरुणखोलाको पुल बाहेक सबै पुल निर्माण सम्पन्न हुने गरि काम गरिरहेको सूचना अधिकारी खनालले बताए ।

थप समाचार

Copyright © 2025 Integreated Media Company Pvt. ltd., All Rights Reserved. Website Designed & Developed By: Genesis Web Technology