कावासोती । नवलपुर निर्वाचन क्षेत्र नम्बर १ मा ३४ वर्षपछि कांग्रेसको विरासत ढलेको छ । यहाँ रास्वपाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजन गौतम फराकिलो मतान्तरले विजयी भएका हुन् ।
उनले ५० हजार ९ सय ४५ मत प्राप्त गरेका छन भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बालकृष्ण घिमिरेले १६ हजार २ सय ९३ मत पाएका छन् ।
२०४८ सालयताका सबै निर्वाचनमा कांग्रेस विजयी हुँदै आएको नवलपुर क्षेत्र नम्बर १ मा रास्वपाका ३९ वर्षीय राजन गौतम निर्वाचित भएका हुन् ।
सक्रिय राजनितिमा आउनुअघि प्राध्यापन पेशामा रहेका गौतमले ०७९ को निर्वाचनमा पनि २४ हजार ५ सय मत प्राप्त गरेका थिए । दोस्रो पटकको प्रयासमा गौतम ३४ हजार ६ सय ५२ मतान्तरसहित विजयी भएका हुन् ।
Facebook Comment