तरंग खोलामा काम थालेको ६ वर्षपछि पक्की पुल

नारायण शर्मा
प्रकाशित : २०८२ जेठ १४ गते १२:०५
तरंग खोलामा काम थालेको ६ वर्षपछि पक्की पुल

कावासोती । नवलपुरको बुलिंटार गाउँपालिका र गैँडाकोट नगरपालिकाको सिमानामा पर्ने तरंग खोलामा निर्माण सुरु गरेको ६ वर्षपछि बल्ल पक्की पुल निर्माण भएको छ ।२

५ मिटर लामो पुल एक साताअघि ढलान भएको हो । चितवनको लोहनी एन्ड ब्रदर्श, लोहनी एन्ड सन्स जेभीले काम थालेको ६ वर्षपछि अघिल्लो साता पुल ढलान गरेको हो । गैँडाकोट बुलिङटार, डेढगाउँ हुँदै पाल्पाको रामपुर र पिपलडाँडा जोड्ने यो कालिगण्डकी करिडोरको पुल निर्माणमा ढिलाइ हुँदा वर्षायाममा आउजाउमा समस्या हुँदै आएको छ । कालिगण्डकी करिडोर अन्तर्गत बाँकी रहेका अन्य ४ वटा पुल निर्माण भएको छ ।

करिडोरका इन्जिनियर अरुण खत्रीका अनुसार ५ करोडभन्दा बढीको लागतमा तरंगा खोलाको पुलमा असारबाट गाडी हिँडाउन मिल्छ । ७ सय मिटर सडक पुलको दायाँबायाँ निर्माण गर्न बाँकी छ । पुल नजिकको एप्रोच रोड निर्माणको काम आउँदो वर्ष सम्पन्न हुने खत्रीले जानकारी दिए । तरंगा खोला पुल नारायणगढबाट २७ किलोमिटर उत्तर पश्चिममा पर्छ । नारायणगढ गैँडाकोट हुँदै कालिगण्डकी करिडोरको बुलिङटार पुग्नु अगावै यो तरंगा खोला पुल पर्दछ ।

प्रकाशित : २०८२ जेठ १४ गते १२:०५

ताजा अपडेट

Copyright © 25 Integreated Media Company Pvt. ltd., All Rights Reserved.
Website by: SAROJ BHATTARAI